Header Ads

संसार छाडेकी आमा खोज्दै ७ वर्षीय बालक ...

विराटनगर, कात्तिक १७ । सुनसरीको खनार ४ का ७ वर्षीय विष्णु लुइँटेललाई मकवानपुरको बासामढीमा बस दुर्घटना परेर आफ्नी आमा ३१ वर्षीया देवी लुइँटेलको मृत्यु भएको दुःखद घटनाको बारेमा थाहा छैन । घटनाको दुई दिनसम्म पनि यस विषयमा उनलाई जानकारी दिइएको छैन । उनी आमा खोज्दै छट्पटाइरहेका छन् ।

शान्ताको मृत्युको खबर पाएर आइतवार खनारस्थित घरमा पुगेका आफन्त, नातेदार र परिवारका अभिभावकलाई विष्णु मेरो मामु खोइ, मलाई किन फोन गर्नु हुन्न, मामु कहिले आउनु हुन्छ भनेर जिज्ञासा राखिरहेका थिए । उनलाई अब आफ्नी आमासँग कहिल्यै पनि भेट हुँदैन भन्ने थाहा छैन । घटनाकाबारेमा अभिभावक कसैले पनि जानकारी नगराउँदा उनी आफ्नी आमा आउने प्रतिक्षामा छन् ।

‘मामु भोलि विहान घर आइपुग्ने भन्नुहुन्थ्यो । अझसम्म आउनु भएन’ भन्दै उनी दुखेसो पोखिरहेका छन् । ‘जे नहुनु थियो, भइगयो । घटनाकाबारेमा जानकारी गराउँदा नाबालकको मस्तिष्कमा झन् असर पर्छ भनेर अहिलेसम्म थाहा दिइएको छैन,’ विष्णुका ठूलोबुबा दीपक लुइँटेलले भने । जन्मिएदेखि आमाको साथ नछाडेका उनलाई अभिभावकले आमा आउने आस देखाएर सम्झाइरहेका छन् ।

 ‘म भोलि विहान घर आइपुग्छु, राम्रोसँग बस्नु है’ भनेर अघिल्लो दिन (शुक्रवार बेलुका) छोरासँग फोनमा कुरा गरेर काठमाडौबाट खनारतर्फ हिडेको शान्ताको घर आइनपुग्दै बीच बाटोमै शनिवार विहान करिब २ बजेतिर भएको बस दुर्घटनामा मृत्इु भयो । शान्ता पति हेमसागर लुइँटेलसँगै ना ४ ख ५४४८ नम्बरको शुभश्री यातायातको बसमा काठमाडौबाट खनारस्थित आफ्नो घर फर्किदै थिइन् ।

इलामबाट काठमाडौ तर्फ जाँदै गरेको ना ५ ख ४८४१ नम्बरको मेट्रो डिलक्स बससँग ठोक्किएर भएको दुर्घटनामा परेर शान्ताको घटनास्थलमा नै मत्यु भएको हो । घटनामा परेर पति हेमसागर सामान्य घाइते भएको अन्नपूर्ण पोष्टमा खबर छ ।

Powered by Blogger.