धावक तथा कीर्तिमानी आरोही सञ्जयको अर्को कीर्तिमान
काठमाडौं, मंसिर ७ । लामो दुरीका धावक तथा कीर्तिमानी आरोही सञ्जय पण्डीतले अस्ट्रेलियाको सर्वोच्च शिखर कोजीयस्कोको उल्टो आरोहण गरेर किर्तिमान बनाएका छन् ।
यसअघि अफ्रीकाको सवैभन्दा अग्लो हिमाल किलिमञ्जारोको सबैभन्दा कम समयमा आरोहण गरेर तथा युरोपको सबैभन्दा अग्लो हिमाल एल्बरसको चुचुरोमा अर्धनग्न भएर किर्तिमान बनाएका पण्डितले माउण्ट कोजीयस्कोको उल्टो हिडेर आरोहण गरेका हुन् ।
प्युठानका २७ वर्षका पण्डितले माउन्ट कोजीयस्कोलाई ५ घन्टा ४५ मिनेट लगाएर आरोहण पुरा गरेको अस्ट्रेलियाबाटै जानकारी दिएका छन् । दौरा सुरुवाल लगाएर आरोहण गरेका उनले कोजियस्कोको शिखरमा नेपाली झण्डा पनि फहराएको जनाएका छन् । उल्टो आरोहण गर्ने घोषणा गर्दा सम्भव होला कि नहोला जस्तो लागेको सम्झिंदै पञ्डितले भने सफल हुँदा एकदमै खुशी भएको छ ।
सातै महादेशका सवैभन्दा अग्ला हिमाल चढेर कीर्तिमान बनाउन लागिपरेका सञ्जयले सगरमाथाको पनि सफल आरोहण गरिसकेका छन् । उल्टो आरोहणको भिडियो र फोटोसहितको प्रमाण सहित गिनिज बुक अफ दी वल्र्ड रेकर्डका लागि प्रयास गर्ने उनले बताए । अस्ट्रेलियामा रहेको नेपाली दुतावासले पण्डितलाई सम्मान गरेको छ ।