पाँच दिन स्कू्ल बन्द। दुई दिन सार्वजनिक विदा। पाँच दिन जोरबिजोर नम्बरमा गाडी चलाउन पाइने
आसन्न सार्क शिखर सम्मेलनका क्रममा पाँच दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो बन्द हुने भएको छ। आउने सोमबार मंसिर ८ गतेदेखि शुक्रबार मंसिर १२ गतेसम्म सम्मेलनका लागि विशिष्ट अतिथि र प्रतिनिधि मण्डलका सदस्यहरु आउने भएकोले विमानस्थल लगभग बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक वीरेन्द्रप्रसाद श्रेष्ठले बताए। त्यसै गरि पाँच दिन स्कू्ल बन्द हुने । साथै दुई दिन सार्वजनिक विदा। र पाँच दिन जोरबिजोर नम्बरमा गाडी चलाउन पाइने। सबैलाई जानकारी दिनुहोला।