Header Ads

जाडोयाममा किन पुरुषहरु बढी सेक्सी हुन्छन ...

एजेन्सी । लण्डनमा हालै गरिएको एउटा अध्ययनमा गर्मीयामको तुलनामा जाडोयाममा पुरुषहरु बढी सेक्स गर्न रुचाउने गरेको खुलासा भएको छ । हावर्ड विश्वविद्यालयले गरेको सर्भेका अनुसार पुरुषलाई सेक्सको चाहना चाडोयाममा बढी हुने गर्दछ ।

र, जाडो याममै पुरुषहरु सबैभन्दा बढी महिलातर्फ आकर्षित हुने गर्दछन् । यो सर्भे ११४ जना पुरुषमा गरिएको हो । सर्भेमा उनीहरुसँग महिलाप्रतिको आकर्षणसँग सम्बन्धित प्रश्न सोधिएको थियो । साथै उनीहरुलाई हरेक तीन महिनापछि महिलाको तस्वीर देखाएर उनीहरुको मानसिक स्थितिको जाँच गरिएको थियो ।

अध्ययनमा सामेल पुरुषलाई महिलाको दुई प्रकारको तस्वीर देखाइएको थियो । जसमा अनुहार र उनीहरुको शरीर र स्तनको क्लोजअप तस्वीर थियो । सर्भेमा पुरुषहरुले अनुहारप्रतिको सोच वर्षभरिमा कुनै परिवर्तन देखिएन । जबकि अर्को तस्वीर जसमा महिलाको स्तन र शरीरका अन्य भागको क्लोजअप देखाइएको थियो, त्यसमा भने उनीहरुको राय परिवर्तन भइरहेको थियो ।

वर्षभरका अन्य महिनाको तुलनामा डिसेम्बर, जनवरी र फेब्रुअरीमा महिलाप्रतिको आकर्षण बढी हुने गरेको अध्ययनले देखाएको छ। यसका साथै पुरुषलाई जाडो मौसममा सेक्स चाहना बढी हुने गर्दछ । शोधकर्ताहरुका अनुसार मौसम परिवर्तनसँगै केवल परिवर्तन मात्र हुँदैन, शरीरको आवश्यकतासमेत परिवर्तन हुने गर्दछ ।
भिडियो क्लिप हेर्न तलको फोटो मुनि हेर्नुहोला !

Powered by Blogger.