१८ औँ सार्क शिखर सम्मेलनमा एक हजार पत्रकारले रिपोटिङ गर्ने
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनका लागि अहिलेसम्म तीन सयभन्दा बढी विदेशी पत्रकारले प्रेस पास लिइसकेका छन्।
सार्क मुलुकका २७५ र बाँकी अन्य मुलुकका गरी हालसम्म कुल ३२५ विदेशी पत्रकारले प्रेस पास लिएका छन् ।
सूचना विभागले लाजिम्पाटस्थित होटल र्याडिसनमा स्थापना गरेको सूचना केन्द्र (मिडिया सेन्टर) मा प्रेस पास र सुरक्षा पासका लागि छुटपुट विदेशी पत्रकारबाट आवेदन आउने क्रम अझै जारी रहेकाले यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ। विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाका अनुसार नेपालीसहित कुल १ हजार १७६ जनाले आवेदन दिएकामा हालसम्म ९२० पत्रकारले प्रेस पास लिएका छन् । सूचना केन्द्रमा निःशुल्क वाइफाइसहित १० कम्प्युटर, प्रेस ब्रिफिङ कक्ष र सूचना सामग्री उपलब्ध हुने स्थानको व्यवस्था गरिएको छ । केन्द्रमा स्वदेशी र विदेशी पत्रकार जम्मा हुने क्रम सुरु भइसकेको छ।
महानिर्देशक कोइरालाले शिखर सम्मेलन हुने स्थान राष्ट्रिय सभागृहमा हरेक मुलुकका राज्य नियन्त्रित सञ्चार माध्यमका एक एक प्रतिनिधि र फोटोग्राफरलाई प्रवेश दिइने र निजी क्षेत्रका पत्रकारका लागि सभागृहको बाहिरबाट राष्ट्र प्रमुख तथा सरकार प्रमुखको आवतजावतका दृश्य कैद गर्न सकिने व्यवस्था गरिएको जानकारी दिनुभयो। यस्तै राष्ट्र प्रमुखहरू रहने स्थल सोल्टी होटल, आवतजावत गर्ने मुख्य ठाउँहरू माइतीघर, बानेश्वर, तीनकुनेमा पनि फोटो पत्रकारका लागि विशेष व्यवस्था गरिएको छ ।
सबै पत्रकारले सोल्टी होटल र अन्य स्थानमा हुने बहुपक्षीय तथा द्धिपक्षीय भेटघाट र बैठकको समाचार सङ्कलन र दृश्य कैद गर्न सक्नेछन्। उहाँले निजी क्षेत्रका सञ्चार माध्यमलाई बढी पहुँच दिन नसकिएको स्वीकार गर्दै सूचना विभागको आधिकारिक वेभ साइट www.doinepal.gov.np मा सम्मेलनको सूचना व्यवस्थापनसम्बन्धी जानकारीसहित सबै गतिविधिको तस्विर निःशुल्क उपलब्ध हुने तथा राष्ट्रिय समाचार समिति (रासस) को www.rssnepal.com मा सबै समाचार र तस्विर (नेपाली र अङ्ग्रेजी) सञ्चार माध्यम र सबैले निःशुल्क हेर्न सक्ने बताउनुभयो।
शिखर सम्मेलनलाई नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछन् । सम्मेलनका क्रममा आजदेखि हरेक दिन सूचना केन्द्रमा साँझ ६ बजे प्रेस ब्रिफिङ हुनेछ । सूचना विभागले सम्मेलनको समग्र व्यवस्थापनका लागि रु सात लाख बजेट विनियोजन गरेको छ।