यसरि घट्दै सुनकोसीको कृत्रिम ताल ...
चौतारा, मङ्सिर २ । सिन्धुपाल्चोकको राम्चे–५ जुरेमा गत साउन १७ गते गएको पहिरोले सुनकोसी नदी थुनिएर बनेको कृत्रिम तालको पानी क्रमिकरुपमा घट्न थालेको छ ।
थुनिएको ताल खुलाउने काम सडक विभागले जिम्मा लिएपछि एक महिनाको अवधिमा सात मिटर पानी घटिसकेको र अब करिब नौ मिटरमात्र बाँकी भएको सो क्षेत्रमा कार्यरत डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर दशरथ यादवले बताउनुभयो ।
दैनिक तीनवटा स्काभेटरले खोतल्ने काम भइरहेको र पानी घटेपछि थप चारवटा घर पुरै देखिएको र दुईवटा घरको छत देखिएको छ । पुरै देखिएको घरको सामानसमेत झिकिसकेको इन्जिनियर यादवले जानकारी दिनुभयो । सुरुमा नदीको चौडाई १७ मिटर रहेकोमा हाल चौडाई बढाएर ३८ मिटर पुगिसकेको छ ।
पहिरोले थुनिएर १२ घण्टापछि खुलेको उक्त ताल करिब तीन किमि लामो १५० मिटर गहिरो र ५०० मिटर चौडाइ रहेको अनुमान गरिएको थियो । नेपाली सेनाले ताल खुलाउने जिम्मा लिई बम विस्फोट गराउँदै आएकोमा ३७ दिनपछि गत भदौ २२ गते बाँध थप खिइएर आफैँ खुलेपछि करिब ७५ प्रतिशत अर्थात २० मिटर पानी घटेको थियो । त्यति हुँदा पनि तालको गहिराई अझै १५÷१६ मिटर बाँकी रहेको अनुमान गरिएको थियो ।
पानी घटेपछि डुबेका १८ घरमध्ये छवटा घर पुरै देखिनुका साथै २.५ मेगावाटको सानीमा हाइड्रोको विद्युत्गृह र प्रसारण लाइनको खम्वासमेत देखिएको थियो । ताल खुलेलगतै नेपाली सेना कार्यस्थलबाट फर्केपछि ताल खुलाउने जिम्मा सडक विभागले पाएको थियो ।
माङखा–१ को ड्याम साइडबाट बाह्रबिसे पुग्ने अरनिको राजमार्गको साविक सडकको दूरी २.५ किमी मात्र भएकाले पुरानै ट्रयाकबाट सडक खुलाउने काम भइरहेको र हालसम्म ५०० मिटर ट्रयाक खोलिसकेको इन्जिनियर यादवले जानकारी दिनुभयो ।