Header Ads

चीनले उपलव्ध गराएको दोस्रो जहाज आज नेपाल आइपुग्यो

काठमाडौं, कार्तिक १७ । नेपाल वायुसेवा निगमको दोस्रो चिनियाँ जहाज ‘वाई–१२’ नेपाल आइपुगेको छ । अठार सीट क्षमताको यो जहाज असार १६ गतेनै नेपाल भित्रिने कार्यतालिका रहेको भएपनि विभिन्न कारण देखाउदै आज सो जहाज त्रिभुबन अन्तराष्ट्रिय विमानस्थल अबतरण गराईको छ ।

जहाज निर्माता चिनियाँ कम्पनी एभिक इन्टरनेशनले दोभासे ‘इन्स्ट्रक्चर’ पाइलटको अभाव देखाउँदै निगमलाई तोकिएको समयमा जहाज उपलब्ध गराएको थिएन । सोमबार अवतरण गरेको ‘वाई–१२’ चिनियाँ सरकारले अनुदानमा उपलब्ध गराएको जहाज हो ।

चीनले अनुदानमा दुईवटा जहाजमध्ये ‘एमए–६०’ वैशाख १४ गते र दोस्रो आज नेपाल ल्याइदिएको हो । अहिले उक्त जहाजले सुगम गन्तव्यहरुमा व्यवसायीक उडान भरिरहेको छ । चीन सरकारको सहुलियत ऋणमा खरिद गरेका ४ वटा जहाज भने अझै आउन बाँकी छन् । कार्यतालिका अनुसार कार्तिकसम्म ६ वटै जहाज नेपाल आइपुग्नुपर्ने भएपनि बल्ल दुईवटा मात्र जहाज आइपुगेका छन् ।

निगमका अनुसार एउटा एमए–६० र एउटा वाई–१२ जहाज अनुदानमा र ३ वटा वाई–१२ र एउटा एमए–६० जहाज सहुलियत ऋणमा चीनबाट ल्याउन लागेको हो । यसैगरि पहिलो पटक नेपाल ल्याएको जहाज उडान भरे लगत्तै ग्राउण्डेट हुन पुगेको थियो ।
स्रोत /न्यूज अभियान डट कम

Powered by Blogger.