लुम्बिनीमा गोली चल्यो, एकको मृत्यु ! मोस्ट वान्टेड सूचीका भारतीय मारिएको दावी
भैरहवा । रूपन्देहीकाे लुम्बिनी नजिकको विष्णुपुरामा प्रहरीको गोली लागि एक भारतीयकाे मृत्यु भएको छ । मृत्यु हुने भारतीय नागरिक रहेकाे प्रहरीकाे दावी छ । प्रहरीकाे गाेली लागि थर नखुलेका अन्दाजी ३०–३२ वर्षका सर्फराजकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
नियमित सुरक्षा गस्तीमा रहेको प्रहरी टोलीले हतियार बोकेको ब्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागि हतियारधारी ब्यक्तिको मृत्यु भएको प्रहरीकाे भनार्इ छ । मृतक भारतीय नागरिक माेस्ट वान्टेड सूचीमा रहेकाे प्रहरीकाे दावी छ । साेही घटनामा संलग्न भएकाे अाशंकामा तीन जना पक्राउ परेका छन् भने एक जना फरार रहेकाे प्रहरी उपरिक्षक राजेन्द्र ढकालले जानकारी दिए ।
घटनास्थलबाट दुर्इ थान पेस्ताेल तथा एक थान सिक्सर र भारतीय नम्बर प्लेटका दुर्इ माेटरसाइकल समेत बरामद गरिएकाे प्रहरीले जनाएकाे छ । विष्णुपुराको भैंसिहा गाउँमा भएको उक्त घटनाको थप विवरण आइसकेको छैन । घटनास्थल लुम्बिनीबाट झण्डै २० किलोमिटर उत्तरतर्फ पर्दछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न सार्क शिखर सम्मेलनको बेला लुम्बिनी भ्रमण गर्ने भन्दै सुरक्षा कडा पारिएको बेला घटना घटेको हो । सुरक्षा गस्तीमा रहेको प्रहरीमाथि गोली चलाउँदा प्रहरीले जवाफी फायरिङ् गरेको बताइएको छ ।

स्रोत /अनलाइन खबरबाट
>