पैसा तिरेर पराई मायालुको अँगालोमा…फोटोफिचर सहित
एजेन्सी । तपाईलाई आफ्नी प्रेमिकाले अँगालो कसेको कस्तो लाग्छ ? प्रेमी–प्रेमिका हुनेहरुलाई त यो स्वर्गीय आनन्द प्राप्त भइरहेकै होला तर जसका प्रेमी वा प्रेमिका छैनन् उनीहरुले अंकमालको आनन्द कसरी लिइरहेका होलान् ?
यसरी नै प्रेमिकाको अँगालोमा बाँधिन चाहनेतर प्रेमी प्रमिका नभएकाहरुलाई लक्षित गरेर अमेरिकाको इन्डियानामा लिसा केलीले इन्डी कुडेल्स संचालन गरेकी छन्। दुई सन्तानकी आमा लिसाले एक्लै भएका वा तनावमा रहेका पुरुषहरुलाई अँगालोमा बाँधेर समयअनुसार शुल्क असुल्ने गरेकी छन्।
केही आलोचकहरुले यसलाई यौन व्यवसायको पूर्व अभ्यास बताए पनि लिसा त्यसलाई मान्न तयार छैनन्। उनी आफूले दिने सेवाको निश्चित नियम भएको दावीसमेत गर्छिन्। लिसाका अनुसार संवेदनशील अंगमा छुन नपाइने, नुहाएको हुनुपर्ने, दाँत माझेको हुनुपर्ने, सफा लुगा लगाएको हुनुपर्ने, भित्री वस्त्र नलगाएको अवस्था हुन नहुनेजस्ता नियम उनका ग्राहकका लागि लागु हुने गर्दछ ।
ग्राहकको घरमै गएर उनी तिनीहरुलाई विभिन्न आसनमा राखेर अँगालो मार्छिन्। लिसा यसलाई एउटा थेरापीका रुपमा लिन्छिन् । यो सेवाका लागि ग्राहकले ३० मिनेटको ३० डलर, एक घण्टाको ६० डलर र ९० मिनेटको ९० डलर तिर्नुपर्ने हुन्छ ।