एउटा विचित्रको विवाह यसरि भयो - फोटोफिचर हेर्नुहोस !
एजेन्सी । भारतको बिहार चम्पारण जिल्ला सदरमुकाम बेतियामा एउटा अनौठो विवाह भयो । जसमा सयौ स्थानीय सहभागी भएका थिए । विवाहका लागि सुभमुहूर्त सोमबार तोकिएको थियो – जुन दिन बाँदर रामु र बाँदरनी रामदुलारीको विवाह गराइयो ।
यस अवसरमा राति प्रितिभोज पनि आयोजना गरियो । भोजमा सयौ स्थानीय सहभागी भए । यो विवाहका लागि करिब ३ सय निमन्त्रण कार्ड बाँडिएको थियो । बेतियाको तीन लालटेन चोक निवासी उदेश महतोले वर र वधु पक्षको अभिभावकको भूमिका निभाए ।विवाहमा रामुले नीला र रामदुलारी गुलावी पहिरनमा सजिएका थिए ।
उदेशले भने–विवाह वैदिक मन्त्रोच्चारणका साथ सम्पन्न भयो । त्यसलगत्तै प्रितिभोज आयोजना गरियो । उनी यो विवाह गराउन पाएकोमा निकै खुसी छन् । उनलाई ब्याण्डबाजावालाले गरेकोमा दुःख लागेको छ। किनभने बाजा अभावमा जन्ती निकाल्न सकिएन । ब्याण्डबाजावालालाई पर्खँदा शुभमुहूर्त बित्ने भएकाले त्यसो गरिएको उनले बताए ।
उनले रामु बाँदरसँग उनको भेट करिब सात वर्षअघि गोवर्द्धन पर्वत घुम्न जाँदा भएको बताए । त्यहीबाट उनले रामुलाई घर ल्याएका थिए । उनले रामुलाई आफ्नो बच्चालाई जसरी पालेका थिए । त्यसैले उनले रामुको विवाह पनि धुमधामसँग गराए।
उनले दुलही रामदुलारीलाई दुई वर्षअघि २ हजार ५ सयमा किनेका हुन् । विवाहमा प्रमुख जिल्लाअधिकारी, प्रहरी प्रमुखसहित तीन सय जनालाई निम्ता गरिएको थियो ।
