‘पावर न्यूज’वाला पत्रकारले रक्सीले मातेर एसपीको फुली थुतेपछि‘
काठमाण्डौ । पहिले सिन्धुपाल्चोक बसिसकेका चितवनका एसपी सहकुल थापाले सम्झाउन खोजे, ‘भाइ तपाईं सार्वजनिक रुपमा परिचित, स्क्रिनमा देखिएको, सबैले चिनेको मान्छे । यसरी अति नै पिएर हो–हल्ला गर्दा राम्रो देखिन्न, सुहाउँदैन ।’
काठमाण्डुबाट एउटी नायिकासँगै भरतपुर गार्डेन रिसोर्टको उदघाटन डिनर खान चितवन पुगेका पावर न्यूजवाला पत्रकार प्रेम बानियाँले ‘म आईजीसँग बसेर रक्सी आने मान्छे । तँ को होस्, मलाई सम्झाउने । डिस्टर्व गर्ने ? कति खानुपर्छ भनेर सिकाउने ?’ उनले थापाको फुली समातेर तान्दै भने, ‘तेरो के हैसियत छ ?’ प्रमुख जिल्ला अधिकारी (सिडिओ) र एलडिओसँग बसेर डिनर खाइरहेका सहकुल निरीह देखिए ।
कसैले बोल्ने आँट गरेनन् । मंसिर १ गतेको साँझ त्यहाँ बानियाँको राज चल्यो । भरतपुरका ५० जना व्यापारी मिलेर १७ करोड लगानीमा त्यो रिसोर्टमा मात्र होइन प्रेमले हाइटी जाँदा क्याप्टेन बुद्ध थेबेलाई समेत यसरी नै रक्सीले मातेका बेला यौन दुव्र्यवहार गरेका थिए ।
उनलाई त्यसबेला पेस्तोल निकालेर गोली ठोक्नै लागिएको थियो । धन्न बाँचेर आए । पछिल्लो घटनाप्रति आपत्ति जनाउँदै उजुरी आएपछि पत्रकार महासंघ र प्रेस काउन्सिलले पत्रकार आचारसंहितामाथि पुनरावलोकन गर्ने भएको छ । – जनआस्था

भिडियो क्लिप हेर्नलाई तस्बिर मुनि क्लिक गर्नुहोस !