Header Ads

एक ब्यक्तिको पेटबाट निकालियो जिँउदो माछा - पत्याउनै गाह्रो

एजेन्सी । ब्राजिलको लोड्रियानामा पत्याउनै नसकिने घटना भएको छ । स्थानीय एक ब्यक्तिको पेट दुखेपछि अस्पताल गएका थिए । तर जव उनी अस्पताल पुगे चिकित्सकहरुले उनको पेटमा जिउँदो माछा रहेको बताउँदा उनलाई पत्याउनै कठिन पर्‍यो ।

 एकदम पेट दुखेपछि अस्पताल गएका उनको एक्सरे गर्दा पेटमा माछा रहेको र त्यो पनि जिवितै रहेको थाहा भएको थियो । उनको पेटमा जिवितै माछा खेलिरहेको देखेर चिकित्सकहरु समेत छक्क परेका थिए । उनको पेटमा एक अमेरिकी लङफिश थियो ।

 सर्जरी गरेर पेट खोल्दा पनि त्यहाँ जिवितै माछा फेला पारेपछि चिकित्सकहरु छक्क परेका थिए । खासमा ती ब्यक्तिले केही दिन अघि मात्र जिँउदो माछा निलेका थिए ।

तर पेटमा पनि माछा नमरेपछि उनलाई पेट दुख्ने समस्या भएको थियो । अनौठो घटना भएपछि चिकित्सकहरुले यसको भिडियो नै बनाएका छन् । तर यो मजाक भिडियो बनाएका चिकित्सक र नर्समाथि भने अस्पतालले कारवाही गरेको छ ।
तस्बिर मुनि क्लिक गरेर भिडियो हेर्नुहोला !
Powered by Blogger.