प्रहरीले गरे आफ्नै गाउँकी महिलालाई बलात्कार
बागलुङ, कार्तिक १० । सशस्त्र प्रहरी बलका एक हवल्दारले एक महिलामाथि जबर्जस्ती गरेका छन् । बागलुङ देविस्थान–९ का ३१ वर्षीय दिर्घप्रसाद शेरचनले सोही स्थानका महिलालाई बलात्कार गरेका हुन् ।
चितवनमा कार्यरत रही तिहार बिदामा घर आएका शेरचनले गत शुक्रबार लछारपदार गरेर लडाएर बेहोस भएको अवस्थामा बलात्कार गरेका हुन् । घटनास्थलबाट प्रहरीले शेरचनको चप्पल बरामद गरेको छ ।
उजुरीको आधारमा शेरचनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिवाङ ल्याइएको प्रहरीले जनाएको छ । पीडित महिलाको अल्पकालिन सेवा केन्द्रमा उपचार भइरहेको छ ।