अपडेट : ओखलढुंगामा जीप दुर्घटना, ९ जनाको मृत्यु, १३ घाइते : ४ जनाको अवस्था गम्भीर
ओखलढुंगा, कार्तिक ९ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ स्थित अधेरी नारायणस्थानमा जीप दुर्घटना हुदा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
दुर्घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय ।
मृत्यु हुनेमा ओखलढुङ्गा ठुलाछापका ४५ वर्षीय तेजबहादुर बस्नेत, उनकी श्रीमती ४० बर्षीया रामप्यारी बस्नेत, ४५ वर्षीय बेदे सार्की, मणिराम भट्टराई, सरीता खड्का, चोलेन्द्र खत्री, तुहीनी भट्टराई, २६ वर्षीया अप्सरा दाहाल र तलुवाका टिका बस्नेत रहेका छन् ।
दुर्घटनामा परी ८ जनाको घटनास्थलमै र अप्सरा दाहालको उपचारको क्रममा मिसन अस्पताल ओखलढुङ्गामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घाईतेहरुको ओखलढुङ्गा अस्पतालमा उपचार भईरहेको छ । घाईतेमध्ये ४ जनाको अबस्था गम्भीर छ ।
आइतबार विहान साढे १० वजे निशङ्खेबाट सदरमुकाम तर्फ आउँदै गरेको बा ५ च ५८७५ नम्बरको जिप अनियन्त्रीत भई सडकबाट करीब २ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न नभुल्नु होला, तल छ !-तस्विर सौजन्य : तिर्थराज खनाल