नेपाल तेस्रो खेल जित्ने तयारीमा, भोलि सिंगापुरसँग प्रतिस्पर्धा गर्दै
काठमाडौ, कात्तिक ८ । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपाल दोस्रो खेल पनि जित्ने तयारीमा लागेको छ ।
नेपालले तेस्रो खेल भोलि सिंगापुरसँग खेल्नेछ ।
हिजो दोस्रो खेलमा पहिलो जित हात पारेको छ । आफ्नो पहिलो खेलमा युगाण्डासँग २० रनले पराजित भएको नेपालले बर्मूडालाई ८ विकेटले पराजित गरेको हो ।
लेसियामा भएको दोस्रो खेलमा बमूर्डाले दिएको १ सय १ रनको लक्ष्य नेपालले ११ दशमलव १ ओभरमा २ विकेटको क्षतिमा भेटाउन सक्यो । टस जितेर फिल्डिङ रोजेको नेपालले आज संयमित भएर खेलेको थियो । नेपालको लागि विनोद भण्डारीले सर्वाधिक ४३ रन जोडेर नटआउट हुनुभयो ।
यो जितसँगै डिफेन्डिङ च्याम्पियन नेपालको खातामा २ अंक छ । डिभिजन ३ का दुई शीर्र्ष टोली डिभिजन २ मा बढूवा हुनेछन् ।

भोलि सिंगापुरसँग प्रतिस्पर्धा गर्न नेपाली टोलिको यस्तो छ तयारि - भिडियो हेर्नुहोस !