नायिका किशाको उच्च सम्मानका साथ अन्त्येष्टि गरिने तामाङ चलचित्र सङ्घको निर्णय
काठमाडौं, कात्तिक १२ । तामाङ चलचित्र सङ्घको आज राजधानीमा बसेको आकस्मिक बैठकले युएईको फुजेरामा कार दुर्घटनामा परी निधन भएका नायिका किशा थोकरको उच्च सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय गरेको छ ।
नायिका थोकरको दुःखद् निधन भएको खबर आएपछि बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदनासमेत प्रकट गरेको छ । यसैगरी उनको शव छिटोभन्दा छिटो नेपाल ल्याउन पहल गर्ने, यसका लागि युएईमा रहेको नेपाल राजदूतावास र तामाङ समाज युएईलाई सहयोगका लागि पत्राचार गर्ने निर्णयसमेत भएको निर्देशक दीपेन्द्र दोङले जानकारी दिएका छन् ।
शव नेपाल आएपछि सार्वजनिक श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने सङ्घका महासचिव दोर्जे लामाले जानकारी दिए । २२ वर्षिया नायिका थोकरको हिजो कार्यालय जाने बेला सडक पार गर्ने बेला कारले ठक्कर दिँदा निधन भएको थियो ।
उनी पाँच महिनादेखि रोजगारीको सिलसिलामा युएईमा रहँदै आएकी थिइन् । उनले पहिलो पटक २०६७ सालमा ‘आले च्याङबा’ नामक चलचित्रमा अभिनय गरेकी थिइन् । त्यसपछि नायिका थोकरले ‘अे बिना ङा सो आखाम’, ‘नालिस’, ‘तिङला जो’ र नेपाली चलचित्र यू एन्ड मी मा पनि अभिनय गरेकी थिइन् ।