Header Ads

सर्वाधिक चर्चित डान्सर तथा मोडल पार्वती राईसंगको ताजा कुराकानी

प्रश्न तपाईको परिचय दर्शक श्रोतालाई बताई दिनु हुन्छ की ?
उत्तर नमस्ते म कालाकार, डान्सर तथा मोडल पार्वती राई, छमछमीबाट यो फिल्डमा आएको हो । लोकदोहोरी मोडल तथा लोकदोहोरी नायिका भन्न रुचाउँछु ।

प्रश्न आजभोलि के गर्दै हुनुहुन्छ ?
उत्तर अहिले अमेरिकामा छु । यहाँ विभिन्न कार्यक्रमहरुमा व्यास्त छु । विशेष गरी यहाँ स्टेज प्रोग्रामहरु गर्छु । बाल्टीमोड र
 एट्लान्टाको  कन्सर्टमा भाग लिई सकेका छौ अब सबभन्दा ठूलो प्रोग्राम २७ तारिखमा न्युयोर्कमा हुदैछ ।

प्रश्न तपाई चर्चित डान्सर तथा मोडलको रुपमा परिचित हुनुहुन्छ यसको श्रेय कस्लाई दिनु हुन्छ ?
उत्तर मेरो आफ्नो पनि मेहनत छ । परिवारको सपोर्ट, गुरुहरुको सपोर्ट सबै जनाको सपोर्टले हो । एकजना मात्रलाई श्रेय दिन मिल्दैन सबै जनाले सपोर्ट, साथ, सहयोग र हौसला प्रदान गर्नु भएकोले नै म यो स्थानमा आईपुगेको हो ।

प्रश्न तपाई कति प्रकारको डान्स गर्न सक्नु हुन्छ ?
उत्तर कल्चरल डान्स, नेपाली मारुनी, टम्पा, भोजपुरी, कौडा, झ्याउरे, कन्टेम्प्रोरी, हिप्पप, फ्रिस्टायल र क्लासिकल सबै नै गर्छु ।
प्रश्न तपाइ बढी लोकदोहोरी र तिजको गीतहरुमा देखिनु हुन्छ नि त ?
उत्तर यो मेरो पेशा हो । म लोकदोहोरी मोडल नै हो भनेर सबैलाई चिनाउन चाहान्छु । 
प्रश्न स्टेज प्रोग्रामहरु धेरै गर्नु हुन्छ होला हैन ?
उत्तर हाजुर मेरो दोस्रो पार्ट भनेको स्टेज प्रोग्राम नै हो, डान्सरको रुपमा ।
 प्रश्न तपाईको आफ्नो सबै भन्दा राम्रो डान्स गरेको गीत कुन हो ?
उत्तर सबै राम्रो नै छ । आफुले गरेको अभिनयहरु डान्सहरु सबै नै मन पर्छ ।
प्रश्न तपाईको फेभरेट डान्स विधा कुन हो ?
उत्तर नेपाली कल्चरल डान्सहरु नै हो कौडा, मारुनी, झ्याउरे र टप्पा आदी ।
प्रश्न प्रसंग बदलौ यो गीत संगीत भनेको के हो ?
उत्तर मानिसहरुको भित्र दबिएर रहेको भावनाहरुलाई शब्द र लयद्वारा बयान गरेर बाहिर निकालिने वा व्याक्त गराउने एउटा माध्यम हो । मानिसहरुको दुःख कष्ट भुल्ने, रमाइलो गर्ने र आनन्द लिने थलो पनि हो ।
प्रश्न तपाईको जीवनमा घटेको सुख र दुःखको क्षण भए बताइ दिनु न ?
उत्तर जीवनको सुख र दुःख दुई पाटो हो ।  मेरो जीवनमा दुःखका धेरै क्षणहरु भए र सुखको पनि धरै छन् र हुदै छ । एउटा दूईटामात्र भएको भए भन्न मिल्थ्यो ।
प्रश्न तपाइ कुन ठाउँमा हुर्किनु बढ्नु भो ?
उत्तर मलाई प्राय गाउँमा हुर्केकी भन्छन् तर म सानैबाट काठमाण्डौंमा नै हुर्के बढेको हो ।

प्रश्न अन्तमा तपाईको दर्शक श्रोतालाई के भन्नु हुन्छ ?
उत्तर नेपालीहरुको महान चाड दशै तिहार नजिक आउदैछ सम्पूर्ण मेरा दर्शक श्रोताहरुलाई
हार्दिक मंगलमय शुभकामना व्याक्त गर्न चाहान्छु ।
- अनलाइनहरपल/भिडियो फोटो मुनि क्लिक गरेर हेर्नुहोस !
Powered by Blogger.