कारको ठक्करले एकको निधन भएपछि पृथ्वी राजमार्गमा दिनभर तनाव : हजारौं यात्रु अलपत्र
काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत धादिङको फिस्लिङमा मंगलबार बिहान कारको ठक्करले एक व्यक्तिको मृत्यु भएपछि उत्पन्न तनावले राजधानी आवत जावत गर्ने यात्रुहरू अलपत्र परेका छन् ।
कारको ठक्करले घाइते भएका स्थानीय सागर गुरुङको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छ।
घटनामा दुईजना घाइते भएका छन्। दुर्घटनामा परेका सागरका एक वर्षीय छोरा र पत्नी मनु गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
बुटवलबाट काठमाडौँ आउँदै गरेको बा १० प ९१४ नम्बरको कारले बाटामा हिँडिरहेका उनीहरुलाई ठक्कर दिएको थियो। प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण पृथ्वी राजमार्गको सो खण्डमा दिनभरि जाम भएको छ। प्रहरीले जाम खोल्ने प्रयास गर्दा स्थानीयसँग झडपसमेत भएको छ ।
स्थानीयले दोषीलार्इ कारवाही र पीडितलार्इ क्षतिपूर्तीको माग गर्दै सडकमा दिनभरि आगो बालेर अवरोध गरेका छन् ।

बबाल दुर्घटना ... भिडियो आउन बाकि छ !