Header Ads

भाग्यमानी नेपालिक्रिकेट टिम : अमेरिकाविरुद्ध नेपाल १० रनले विजयी, शीर्ष स्थानमा उक्लियो

काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले अमेरिकाविरुद्ध जित हात पारेको छ । वर्षाका कारण प्रभावित खेलमा डीएल मेथोडका आधारमा नेपाल १० रनले विजयी घोषणा भएको हो । जितसँगै नेपाल ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ र डिभिजन टुमा पुग्ने सम्भावना बलियो भएको छ ।

समूह चरणको अन्तिम खेलमा भोलि घरेलु टोली मलेसियासँग खेल्नेछ । किनरारा ओभलमा मलेसियाले प्रस्तुत गरेको २२४ रनको लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा १ विकेट गुमाएर ७३ रन बनाउादा वर्षा भयो । लगातारको वर्षाका कारण स्थानीय समय अनुसार साँझ ५ बजेसम्म पनि खेल सुरु हुन नकसेपछि नेपाल डीएल मेथोडका आधारमा नेपाल १० रनले विजयी भयो ।

 नेपालले पहिलो विकेट भने पहिलो ओभरको अन्तिम बलमा मात्र एक रन जोड्दा गुमाएको थियो । नेपालको पारी सुवास खकुरेल र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले । सुवास ४९ रनमा अविजित रहे भने ज्ञानेन्द्र २२ रनमा । पानीले खेल रोकिनु अघि सुवासले दुई चौकासहित ९ रन लिएका थिए । जसले पानीले खे

ल रोकिएको अवस्थानमा डक वर्थ लुइस मेथोडमा नेपालको जित सम्भव भयो । यसअघि पहिले व्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२३ रन बनाएको थियो ।

उसका लागि बाबरले ५९ रन बनाए भने पटेलले ३९ र टेलरले ३६ रन जोडे । नेपालका शक्ति गौचनले १० ओभरमा ३० रन दिएर ३ विकेट लिए । सागर पुन र बसन्त रेग्मीले २/२ विकेट लिए ।

भिडियो तल छ , हेर्न नछुटाउनुहोला !
Powered by Blogger.