अपडेट : दुई रात्री बस ठोकिदा दुर्घटनामा परी मृत्यु हुनेको संख्या १० पुग्यो, १२ जनाको अवस्था गम्भीर
हेटौँडा, कात्तिक १५ । हेटौँडा नारायणगढ सडकखण्डको बस्तीपुरमा आज बिहान २ बजे भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।
सो दुर्घटनामा परी एक विदेशीसहित नौ नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाक बरबोटे गाविस–४ का प्रवीणराज आचार्य, रसियन नागरिक दरिया माल्टाको, इलाम नगरपालिकाका वृज दाहाल, इलाम नगरपालिका–२ की शान्ता श्रेष्ठ, वडा नंं ४ की इला कार्की र वडा नं २ का मिलन अधिकारी र रक्षा श्रेष्ठ तथा सुनसरी खनार गाविस–७ की देवीमायाँ लुइँटेल र रोशन भट्टको ठेगाना नखुलेको, आस्था नाम गरेको ठेगाना र थर नखुलेको रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट विराटनगर जान आइरहेको ना ४ ख ५४४८ नम्बरको रात्रि बससँग इलामबाट काठमाडौँ जान आइरहेको ना ५ ख ४८४१ नम्बरको बस ठोक्किएर सो दुर्घटना भएको हो ।
सो दुर्घटनामा ३१ जना गम्भीर घाइते भएको र उनीहरुलाई उपचारका लागि भरतपुरस्थित चितवन शिक्षण अस्पताल पु-याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठमाडौँबाट विराटनगर जाँदै गरेको बसका चालकले बस मालिक र यात्रुसँग बाटोमा वादविवाद गर्दै आएको र सो ठाउँमा आएपछि दुर्घटनामा परेको घाइते यात्रुले बताएका छन् ।