मःम बेच्दै माननीय ...
काठमाडौं,कात्तिक ११ । दोस्रो जनआन्दोलनको सफलतापछि तत्कालीन विद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आयो । विस्तृत शान्तिसम्झौतालगायत सहमतिपछि दलहरुबीच अन्तरिम व्यवस्थापिका –संसद गठन गर्ने सहमति बन्यो । उक्त व्यवस्थापिका –संसद्मा माओवादीले पाएको ७३ जना ‘सांसद’ कोटामा भक्तपुरकी नारायणी श्रेष्ठ पनि मनोनित भएकी थिइन् ।
कलाकारका रुपमा राजनीतिक जीवन सुरु गरेकी श्रेष्ठ २०५२ सालमा थालेको जनयुद्धसँगै पूर्णकालीन भइन् । नारायणीका श्रीमान बासुदेब चुवाल राज्यद्वारा वेपत्ता पारिएका छन् । तर,एक वर्षयता उनी राजनीतिमा कम र व्यापार व्यवसायमा बढी समय दिइरहेकी छन् । अहिले उनी भक्तपुरको कमल बिनायकमा मःम कार्निभल एन्ड फास्टफुड चलाइरहेकी छन् ।
दुई जना सहयोगीको साथ लिएर व्यवसाय चलाइरहेकी श्रेष्ठ आफ्नो व्यापार व्यवसायबाट पूर्ण सन्तुष्ट भएको बताउँछिन् । पसलमा पुरै समय खट्ने उनी कमल बिनायकमा आफ्नो व्यापार नयाँ भएपनि ग्राहकले फास्टफुडको मःम राम्रो मानेकाले व्यापार दिनप्रतिदिन राम्रो हुँदै गएको बताउँछिन् । पार्टीले जिम्मेवारी नदिएपछि जीवन सञ्चालनका लागि केही काम गर्नु पर्ने बाध्यता भएकाले यसतर्फ लागेको बताउने श्रेष्ठ गरी खान लाज मान्न नहुने बताउँछिन् ।
भन्छिन्–ममा महिलेदेखि नै गरिखान केको लाज भन्ने सोच थियो । हामी गरिखाने बर्गका मानिस हौं । हामीले राजनीति गर्दा पनि श्रमिक वर्गको पक्षमा गरेका थियौं । हो,विधायक भइसकेपछि मःम पसल भनेर केहीले नाक खुम्च्याउन पनि सक्छन् । तर काम गरिखान केको लाज ?’ आजको नयाँ पत्रिका दैनिकको मध्यपृष्ठमा यो सामग्री प्रकाशित छ ।