Header Ads

स्थानीय युवाको आक्रमणबाट १ प्रहरी जवानको मृत्यु

सुर्खेत, कार्तिक ८ । सुर्खेतमा स्थानीय युवाहरुको आक्रमणबाट एक प्रहरी जवानको मृत्यु भएको छ । क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत नेपाल प्रहरीका जवान इन्द्रबहादुर बुढाको स्थानीय युवाको आक्रमणबाट मृत्यु भएको हो ।

वीरेन्द्रनगर-११ का स्थानीय केही युवासाग आपसी विवाद हुादा युवाहरुले प्रहरी जवान बुढामाथि खुकुरी प्रहार गरेका थिए ।

प्रहरी जवान बुढा पनि सोही ठाउाका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा स्थानीय पााच युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
Powered by Blogger.