मंगलबारको भुकम्पमा ३७ जनाको मृत्यु, ९३४ घाइतेः नेपाल प्रहरी
काठमाडौँ । देशका विभिन्न भागमा आज मंगलबार आएको बिनाशकारी भुकम्पमा परी हालसम्मको प्राप्त जानकारी अनुसार ३७ जनाको ज्यान गुमेको छ भने ९३४ जना घाइते भएका छन् ।
भुकम्पबाट ज्यान गुमाउनेहरुमा काठमाडौंमा ४, ललितपुरमा १, सिन्धुपाल्चोकमा ५, दोलखामा १४, धनुषामा १, सर्लाही १, सिन्धुली २, रौतहट १, गोरखा १, सुनसरी १ जना गरी ३१ जना रहेका छन् ।
यसैगरी घाइते हुनेहरुमा काठमाडौंमा ३५५, ललितपुरमा १६८, भक्तपुरमा १८२, सिन्धुपाल्चोकमा १००, दोलखामा २४, काभ्रे ३८, रामेछाप ५, दाङमा २, तेह्रथुम ४, सिराहा ५, सप्तरी ३ र सुनसरी २ जना गरी ८८९ जना रहेका छन् ।
भूकम्पबाट काठमाडौं माछापोखरीमा १ घर, डल्लु पुल पारी १ घर, दोलखाको सदरमुकामको बैंक रहेको भवन, गोरखाको ताकुकोट गाबिसका ५ घर भत्किएर क्षति पुगेको छ ।
नेपाल प्रहरीको विपद व्यवस्थापनसमेतको संयुक्त टोली तत्काल काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खटिई उद्धारलगायतका कार्यमा जुटीरहेको छ ।