पाल खोज्दै दिनहुँ चार घण्टाको यात्रा, निराश हुदै रित्तो हात फर्कन बाध्य
सिन्धुपाल्चोक । चौतारा नगरपालिका–४ का ७० वर्षीय बृद्ध अग्निकुमार ढंगाना खुला आकाशमा रात बिताउँछन् । बिहान उठेपछि हातमा छाता लिएर उनी चौतारा बजारतिर उकालो लाग्छन् ।
दुई घण्टा हिँडेपछि चौतारा बजार पुग्छन् । दिनभर एक थान पालको खोजीमा हुन्छन् । तर, उनको हातमा अहिलेसम्म पाल परेको छैन । बेलुकी थकित मुद्रामा ओरालो लाग्छन् । उनको थकित अनुहार र रित्तो हात देखेर परिवारका सदस्य निराश हुन्छन् ।
र, अर्को रात पनि खुला आकाशमै बित्छ । पाँच दिनयताको दैनिकी यसरी नै बितिरहेको छ । एक थान पालका लागि भइरहेको उनको यो संघर्ष शुक्रवार पनि जारी रह्यो ।
‘आज पनि हार खाईयो,’ चौतारा बजारमा शुक्रवार भेटिएका उनी निराश बने, ‘एक थान पाल पाईन्छ कि भनेर सदरमुकाम धाउन थालेको पाँच दिन भइसक्यो ।
अझै पाइएन ।’ सिन्धुपाल्चोकका ९९ प्रतिशत घर भत्किएपछि अधिकांश अझै खुला आकाशमुनि रात गुजारिरहेका छन् ।
उनीहरुका भतिकएका घरनजिक राहतका रुपमा खाद्य सामग्री पुगेपनि मूल समस्याका रुपमा खट्किएको पाल पुग्न सकेको छैन । नयाँ पत्रिका दैनिकमा खबर छ ।