गायिका सोनिका लामाले गाइन् भूकम्पको गीत
काठमाडौं । भूकम्पका कारण यतिबेला हरेक क्षेत्र प्रभावित छ । अनि यस्ता प्रभाव परेका व्यक्ति वा स्थानहरूमा सक्ने क्षमता अनुरूप सबैले सहयोग पनि गरिरहेका छन् ।
सहयोगी हातहरू निरन्तर रूपमा बढिरहेको अवस्थामा गायिका सोनिका लामाले भने जनचेतनामूलक र शिक्षाप्रद गीत गाएर ‘वाह’ गर्न लायकको काम गरेकी छिन् । यसै साता यो गीतको म्युजिक भिडियाोे पनि भूकम्पबाट भत्किएका भग्नावशेषहरूमा गएर छायाङ्कन गरिएको छ भने गीतको भिडियो पनि सार्वजनिक भएको छ ।
‘हेर्दा हेर्दै छोरो
पनि पुरियो
छोरी पनि पुरिई
बचाइदेऊ दैव भनी
हारगुहार गरेँ…
निकै मार्मिक, संवेदनशील र सरकारलाई घचघच्याउने प्रस्तुति गीतमा सोनिका लामाले गायक विशाल सिंहसँग मिलेर एउटा सर्जकले गर्नुपर्ने कर्तव्य पूरा गरेकी छिन् ।
गीतमा शब्द र सङ्गीत विशाल सिंहको रहेको छ । ‘जीवनमा रोमान्स, माया र प्रेमका थुपै्र गीतहरू गाइयो तर यस्तो शिक्षाप्रद र संवेदनशील गीत गाएकी थिइनँ । जीवनमा ज्यादै उत्कृष्ट काम गरेकोजस्तो लागेको छ,’ उनले भनिन् ।