Header Ads

रेडक्रसको विधिकै कारण मृत्युहुने बालबालिकाको संख्या धेरै

नुवाकोट । नुवाकोटमा भुकम्पबाट मृत्यु हुनेमा बालबालिकाको सख्ंया पनि उल्लेख्य रहेका छ । आजसम्म जल्लामा भुकम्पबाट मृत्यु भएको ९ सय ७८ जनामा बालबालिका धेरै परेको तथ्यांक आएको हो । जसमा बालबालिका मात्र ४ सय बालबालिका रहेको छ ।

भुकम्पमा परि २ सय २० पुरुष, ३ सय ५८ महिला, १ सय ५१ बालक, १ सय ३८ बालिका, ५० नाबालक र ६१ नाबालिकाको मत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कतिपयस्थानमा बाहिर खेलीरहेका बालबालिकाहरु समेत भुकम्प आएपछि दौडेर भित्र खाटमा लुक्दा मृत्यु भएको पाइएको प्रहरीले जनाएको छ ।

रेडक्रसले भुकम्प आउदा खाट मुनि लुक्नु पर्छ भनि सिकाएको प्रभाव यो भुकम्पमा देखिएको छ । रेडक्रस तुप्चेका पूर्व सभापति उद्धव रिजालले पुराना घरको लागि रेडक्रसले सिकाएको विधि पनि काम लाग्दो नभएको बताउनुभयो ।

‘विकसित देशको घरमा माथिबाट केही सामान खसेर टाउकोमा लाग्ला, दराज लडेर लाग्ला भनेर खाटमुनि, टेबलमुनि लुक्न पर्छ भनेका होलान्’ भुकम्पमा परि १५ वर्षिय छोरी गुमाएमा उहाँले भन्नुभयो ‘घरै भत्किए पछि खाटले मात्र के जोगाउथ्यो ।

आफैंले घरको बीचको गाह्रो बलियो हुन्छ भनेर तालिम दिएको । तर गाउमा भत्केको घरको बीचको गाह्रो कसैको बाकी छैन, बरु छेउछाउको बाकी रहेको छ ।’ काहुले–१ मा पनि बाहिर खेलिरहेका ५ जना बालबालिका भुकम्प आएपछि भित्र गई खाटमुनि लुक्दा पाचै जनाको ज्यान गएको छ ।

‘बाहिर खेल्दै रे’छन् भुकम्प आएपछि पाचै जना भित्र गएर लुकेछन् । घरले किच्दा खाटमुनी पाँचैजनाको ज्यान गयो’ काहुलेका एमाले अध्यक्ष विरवल तामाङले बताउनुभयो ।
Powered by Blogger.