Header Ads

भूकम्पको विषयमा बनेको हलिउड चलचित्रले नेपालका लागि राहत जुटाउने

एजेन्सी । अमेरिकामा भूकम्प गएको विषयमा काल्पनिक चलचित्र निर्माण गरेको हलिउड फिल्म स्टुडियो वार्नर ब्रोज ले आफ्नो फिल्म बजारीकरण गर्ने समयमा नेपालका भूकम्प प्रभावितका लागि राहत संकलन गर्ने बताएको छ ।

बिबिसीका अनुसार उक्त स्टुडियोका प्रवक्ता पल म्याकगुरेले आफूहरु फिल्मको प्रचारका क्रममा भूकम्पले निम्त्याएको दुःख प्रति पनि सजग रहेको बताएका छन् । अमेरिकामा ९ रेक्टर स्केलको भूकम्प आएको विषयमा बनेको यो चलचित्रको ट्रेलरमा अमेरिकको क्यालिफोर्नियाका गगनचुम्बी भवनहरु ढल्दै र जल्दै गरेको देखाइएको छ । 

भूकम्पपछि सुनामीले झनै विनाश गरेको विषय बस्तु समेत यो चलचित्रले प्रस्तुत गरेको छ ।यसको रिलिज २९ मे मा हुने भनिएपनि यसको विषयमा पुनर्विचार गर्दै नेपाली भूकम्प पीडितका लागि राहत संकलनमा लाग्ने फिल्म युनिटले जनाएको छ ।

यो चलचित्रको प्रमोसनका लागि बनाइएका सामग्रीमा १२ बैशाखमा सगरमाथमामा गएको भूकम्पपछिको हिमपहिरामा मारिएकाहरुको विषयमा समेत उल्लेख रहने कम्पनीले जनाएको छ ।
Powered by Blogger.