झगडा गर्ने दिमाग गयो, अब संविधान बन्छ : प्रचण्ड (संविधान र पुनःस्थापनाको काम सँगसँगै)
गोरखा । एकीकृत (नेकपा) माओवादीका अध्यक्ष प्रचण्डले झगडा गर्ने दिमाग कुनै राजनीतिक दलका नेतासँग नभएकाले अब संविधान निर्माणको वातावरण बन्दै गएको बताएका छन् । तीन दलको प्रस्ताव र अन्य दलको समर्थनमा राष्ट्रिय सङ्कल्प प्रस्ताव पास भइसकेको भन्दै प्रचण्डले अब संविधान निर्माणको सङ्केत देखापरेको उल्लेख गरे ।
विनाशकारी भूकम्प गएपछिको अवस्थाबारे बुझ्न आज गोरखा आएका प्रचण्डले भन्नुभयो, “संविधान निर्माण दोस्रो कुरा हो भनेर छोड्नु हुँदैन । अब झगडा गर्ने दिमाग गयो । यत्रो धनजनको क्षति भयो । संविधान र राहत सामग्री वितरण, पुनःस्थापनाको काम सँगसँगै गर्नुपर्छ ।” सरकार र प्रतिपक्ष भन्नुभन्दा पनि सबै दल एकजुट भएर देशलाई नयाँ दिशातर्फ अघि बढाउनुपर्ने प्रचण्डको भनाइ छ । भूकम्प गएपछि देशलाई विकास गर्ने मौका आएको अध्यक्ष प्रचण्डले बताए । उनले नेपाल बनाउने, विकास गर्नेतर्फ सबै दल मिलेर अघि बढ्नुपर्ने बताए ।
“आउने १५ वर्षभित्र नेपाललाई धेरै परिवर्तन, विकास गर्नुपर्छ” प्रचण्डले भन्नुभयो, “संसारले हामीलाई हेरेको छ । हामी नयाँ सङ्कल्प गरेर अघि बढौँ । आफ्नो अर्को पार्टी नभनी एक भएर अघि बढौँ ।” एकले अर्कोलाई सहयोग गरेर विपद्को क्षणलाई समाधानतर्फ लैजानुपर्ने उनले बताए । अध्यक्ष प्रचण्डले राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय शक्तिहरु एक ठाउँमा उभिनुपर्ने भन्दै उनले राष्ट्रिय सरकार राष्ट्रिय एकताको रुप मात्रै भएको उल्लेख गरे ।
हिजो विवाद गरेका दलहरु एउटै सङ्कल्प प्रस्तावमा सहमत भएकाले अब संविधान पनि निर्माण हुने, स्थानीय चुनाव गर्नेतर्फ लाग्नुपर्ने बताए । “राष्ट्रिय सरकार नै चाहिन्छ भन्ने हाम्रो अडान होइन” उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको नेतृत्वमा शक्तिशाली प्राधिकरण पनि गठन गरेर राष्ट्रिय एकता गर्न सकिन्छ । सरकार नै गठन गर्नुपर्छ भन्ने होइन ।”
दाहालले महाभूकम्पको केन्द्रविन्दु रहेको बारपाक गाउँ, लाप्राक र गुम्दा गाउँका भूकम्पपीडितसँग भेटघाट गरेका थिए । भूकम्पपीडितले अझै पनि राहत सामग्री नपाएको आफूसँग गुनासो गरेको भन्दै उहाँले त्रिपालसमेत नपाएका पीडितलाई तत्कालै राहत सामग्री पु¥याउन स्थानीय प्रशासनलाई आग्रह गरे ।-रातोपाटी बाट साभार