Header Ads

नेपाली सेनाको संयोजनबाहिर गएका छैनौं - पिटर डब्लु बोडी

काठमाडौ, वैशाख २८ । कुनै पनि मुलुकमा महाविपत्ति पर्दा हामी सहयोगको हात बढाउन पछि पर्दैनौं । नेपाल हाम्रो पुरानो मित्र हो । हामीबीच निकै घनिष्ठ सम्बन्ध छ । विकास र राजनीतिक स्थायित्वका लागि क्रियाशिल मुलुक एकै पटक यस्तो विपत्तिमा पर्दा सघाउनु हाम्रो मानवियतासँगै मित्रताको हात पनि छ ।

 यही मानवताको भावना लिएर उद्धार र राहतमा सहयोग गर्न हाम्रा सेना आएका हुन् । तिनको अन्य कुनै योजना छैन । खोजी तथा उद्धारमा आएकाहरु र्फकन थालिसकेका छन् । लामो समय बस्ने कुनै योजना होइन । तर राहतका लागि नेपाल सरकारको आग्रहमा हामी केही समय रहन्छौं ।

बाटो नभएको स्थानमा राहत पुर्‍याउने कार्यमा हाम्रा हेलिकोप्टर तथा विमान उपयोगी भएका छन् । नेपालको विमानस्थल सानो हुँदा सहयोगमा केही जटिलता र चुनौति रहे पनि अहिले ब्यवस्थापन भएको छ । हामी मात्र होइन विभिन्न मुलुकको सहयोग र सहकार्यले यो अवस्थामा आइपुगेका हौं ।

खोजी र उद्धार सकिए पनि राहत र पुर्नवासका लागि हामीले ध्यान दिनुपर्ने छ । हामी सहयोग गर्न तयार छौ । सरकारको औपचारिक माध्यममार्फतै हामीले सहायोग गर्ने हो । तर यसो भनिरहदा युएसएआइडीका पुराना पात्रहरुसंग मिलेर पनि सहयोग अघि बढाएका छौं ।

 सरकारी निकाय, पार्टनर संघसंस्था लगायतबाट यस्ता सामागि्रहरु पिडितकहाँ पुर्‍याउन सहयोगी बन्ने छौ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।
Powered by Blogger.