जान्नुहोस्, यस्ता छन् नेपालमा ठूला भुकम्पहरू ..
काठमाडौं, बैशाख ३१ । भूकम्पीय इतिहासअनुसार नेपालमा हरेक ७० देखि एक सय वर्षमा एक महाभूकम्प र हरेक ५० वर्षमा मध्यमखालको भूकम्प जाने गरेको पाइन्छ। असअघि नेपालमा विसं १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९० र २०४५,२०७२ सालमा ठूला भूकम्प गएको इतिहास छ ।
२ माघ १९९०मा संखुवासभा जिल्लाको चैनपुर केन्द्र भएर गएको भूकम्प आठ दशमलव चार रेक्टर स्केलको थियो। हालसम्म सबैभन्दा विनाशकारी भनेर २ माघ १९९० सालको महाभूकम्पलाई लिइन्छ ।
आठ दशमलव चार रेक्टर स्केल क्षमताको सो भूकम्पमा परी नेपालमा मात्र तीन हजार आठ सय ५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी जम्मा आठ हजार पाँच सय १९ जनाको ज्यान गएको थियो भने घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।
भदौ ५, २०४५को बिहान पौने पाच बजे ६.६ रेक्टर स्केलको भुइचालो गएको थियो. पूर्वी र मध्ये नेपालमा धेरै क्षति भएको थियो. उदयपुर जिल्लामा केन्द्र भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट सात सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजार घर भत्केका थिए ।
२०७१ बैशाख १२ गते गोरखाको बारपाकलाइ केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भुकम्प उत्तिकै विनासकारी सावित भयो । यो भुकम्पपछी धेरै दिनसम्म सानासाना पराकम्प गए।