आखिर के भएर आयो महाभूकम्प, अब के होला ?
काठमाडौं, वैशाख २६ । महाभूकम्प र त्यसपछिका पराकम्पन नरोकिएपछि धेरैलाई धेरै जिज्ञासा छन् । अनेकखाले हल्ला र अड्कलबाजी त्यत्तिकै छन् । आखिर के भएर आयो महाभूकम्प ? अब के होला ? ‘युरेसियन (तिब्बतियन) र इन्डियन प्लेटको कडा घर्षणको परिणाम हो यो,’ भुगर्भशास्त्रका सहप्राध्यापक डा. तारानिधि भट्टराईले भने,‘अहिले इन्डियन प्लेट तिब्बतियन प्लेटमुनि छिरेको छ ।
तर अघि जान सकेन । दुवै प्लेट आपसमा रगडिए । त्यसले चट्टानमा चाप पर्यो । त्यही कारण भूकम्प गयो ।’ पराकम्पन (पटक पटक आउने सानो झड्का) कै कारण अनात्तिन पनि विज्ञहरुले सुझाएका छन् । ‘ठूलो भूकम्पपछिको कम्पन्न राम्रो हो’, भूगर्भविद् डा. कृष्ण देवकोटाले भने,‘यसले अर्को ठूलो भूकम्प जाने खतरा कम गर्छ ।’
इन्डियन र तिब्बतियन प्लेट मिलेर हिमालयन शृंखला बनेको छ । भूगर्भशास्त्रीका अनुसार यो पूर्वको म्यानमारदेखि पश्चिमको अफगानिस्नतासम्म २४ सय किलोमिटर तल छ । तैपनि यो सबै इलाकामा भूकम्प जाँदैन । आउने ठाउँमा पनि ठूलो भूकम्प सय वर्षको हाराहारीमा मात्र आउने विगतले पुष्टि गर्दै आएको छ । भूगर्भविद्हरुका अनुसार इन्डियन प्लेट र युरेसियन प्लेट चलायमान छन् ।
हाल एसियामुनिको भागमा सक्रिय छन् । जापानमा छुट्टै प्लेट छ । त्यसले भूकम्प गइरहन्छ । एन्डोएसिया र चिलीका प्लेट पनि फरक हुन् । कुनै एउटा प्लेटमा अर्को प्लेट छिरेपछि तलको भाग भित्र जान्छ, माथिल्लो भाग माथि उठ्छ । त्यही कारण भूकम्प जान्छ । भूगर्भशास्त्रका प्राध्यापक विशालनाथ उप्रेतीका अनुसार इन्डियन प्लेट मुनि गएपछि शक्ति सञ्चय भई थाम्न नसकेपछि विस्पोट भएको हो । भूकम्प मापन केन्द्रका प्रमुख भूगर्भविद् लोकविजय अधिकारीका अनुसार संसारको भूखण्डको दुई तिहाइ भागमा भूकम्पीय खतरा छ ।
एक तिहाइ मात्र सुरक्षित छ । ‘कुन ठाउँमा भूकम्प जान्छ भनेर अनुमान गर्न त सकिन्छ’ उनले भने,‘तर, कहाँ कत्रो र कतिखेर जान्छ भनेर भन्न सकिन्न ।’ विज्ञहरुका अनुसार प्लेटको सक्रियता जारी रहे पनि एउटा ठूलो भूकम्प गएपछि अर्को आउन लामो समय लाग्न सक्छ ।
‘कुनै पनि भूकम्प गएपछि पराकम्पन एक डेढ महिनासम्म हुन सक्छ । यो घट्दै जान्छ’, उप्रेतीले भने,‘अब ७.६ रेक्टरको वा ठूलोचाहिँ नआउन सक्छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

.jpg)