‘मरेका आउँदैनन् फर्की बाँचेकाले केही गरौ '… केटाकेटी फकाउँदै रामकृष्ण र कोमल वली
काठमाडौं । भूकम्पपछिको जनजीवन केही सामान्य हुन थालेपछि गायक, संगीतकार भूकम्प केन्द्रित कार्यक्रममा सहभागी हुन थालेका छन् । ललितपुरको विभिन्न स्थानमा राहत वितरण गर्दै हिंडेका गायक रामकृष्ण ढकाल अहिले वालवालिकालाई गीत मार्फत उत्प्रेरित गरिरहेका छन् ।
ललितपुरको खोकलामा भूकम्प पीडित वालवालिका जम्मा पारेर गीत सुनाएका ढकाल अब केही दिन संगीत मार्फत वालवालिकालाई खुसी बनाउने अभियानमा छन् । ‘कसैको आफन्त गुमेका छन् त कसैको साथी भाई यो अवस्थामा गीत संगीत मन बहलाउने माध्यम हुन सक्छ ।’
कार्यक्रममा ढकालले वालवालिकालाई मन पर्ने आधा दर्जन गीत प्रस्तुत गरेका छन् भने उनकी छोरी रानी ढकालले पनि केही गीत गाएकी थिईन् । अन्य स्थानमा पनि यस्तै कार्यक्रममा सहभागी हुने उनको योजना छ । वालवालिकालाई त्रसित हुनवाट जोगाउनका लागि पनि सांगीतिक कार्यक्रम गरिरहेको उनले बताए ।ललितपुरको खोकलामा भूकम्प पीडित वालवालिका जम्मा पारेर गीत सुनाएका ढकाल अब केही दिन संगीत मार्फत वालवालिकालाई खुसी बनाउने अभियानमा छन् । ‘कसैको आफन्त गुमेका छन् त कसैको साथी भाई यो अवस्थामा गीत संगीत मन बहलाउने माध्यम हुन सक्छ ।’


राहत वितरण छाडेर वालवालिकालाई फकाउन सुरु गरेकी गायिका कोमल वलिले हिजो मात्रै भक्तपुर क्षेत्रमा खान खानुअघि हात् धोऔं भन्दै माइकिङ गरिन् । ‘अब हाम्रो दायित्व भने बाँचेकाहरुलाई संक्रमण हुनवाट जोगाउनु हो ।’ उनले भनिन् ।
अझै कतिपयमा भूकम्पको त्रास बाँकी रहेकाले खाना खानुअघि हेलचेक्रयाई गर्लान भनेर हात धुन आब्हावान गरेको उनको भनाई थियो । अर्का गायक राजेश पायल राईले भने भूकम्प गीत रेकर्ड गराएका छन् । ‘मरेका आउँदैनन् फर्की बाँचेकाले केही गरौ '… बोलको गीतमा स्वर दिएका छन् उनले ।
महेश खड्काको संगीत रहेको उक्त गीतलाई संगीतकार नेपाल संघका अध्यक्ष लक्ष्मण शेषले निशुल्क रेकडिङको ब्यबस्था गरेका छन् ।-स्रोत/अनलाइनखबरसंग कुरा गर्दै ढकालले भने ।
