Header Ads

बेश्याबृत्ति कानुनी रुपमा अपराध नभएको प्रहरी प्रमुख एसएसपी उत्तम काकीको दाबी

काठमाडौं, चैत २९ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीले बेश्याबृत्ति अपराध नभएको बताउनुभएको छ । आपसी समझदारीमा यौन सम्बन्ध राख्न पाईने कि नपाईने भन्ने बहस चलिरहेको बेला काठमाडौं प्रमुख कार्कीले बेश्याबृत्ति अपराध नभएको बताउनुभएको हो ।

काठमाडौं प्रहरीले आईतबार गत वर्षको अपराध विश्लेषण सर्वजनिक गर्दै बेश्याबृत्तिलाई कुनै कानुनले अपराध नमानेको दाबी गर्नुभयो । कतिपय अवस्थामा बेश्याबृत्तिले सामाजिक बिकृतिको रुप लिए पनि यस उपर कानुनी दण्डको व्यवस्था नभएको जिकिर गर्नुभयो ।

उहाँले सामाजिक बिकृति फैलाउनेलाई नागरिकले गर्ने गुनासोका आधारमा पक्राउ गर्ने गरिए पनि प्रहरीसँग बेश्यावृक्ति गर्नेलाई कारवाही गर्ने कानुन नै नरहेको बताउनुभयो । काठमडौं प्रहरी प्रमुख कार्कीले सहमतिमा यौनसम्बन्ध राख्नेले नै सम्बन्धमा समस्या आएपछि बलत्कारको आरोप लगाउने गरेको खुलासा गर्नुभयो ।

लिभिङ् टुकेदर, गल फ्रेण्ड–ब्वाई फ्रेण्ड संस्कृति र बैदेशिक रोजगारीले बलत्कारका घटनामा बृद्धि भएको एसएसपी कार्कीको जिकिर छ । काठमाडौं प्रहरीको तथ्याङ्क अनुसार ४० लाख काठमाडौंबासीलाई एक हजार चोरले दुःख दिइरहेका छन् ।

एसएसपी कार्कीले ती एक हजार चोरलाई नियन्त्रण गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले ती चोरलाई विभिन्न आर्थिक उपार्जनका कार्यक्रम मार्फत पर्नुस्थापन गर्न सकिए मात्र काठमाडौंबाट चोरीको समस्या समाधान गर्न सकिने बताउनभयो ।

यो वर्ष ४ हजार ८ सय ५९ अभियुक्तमध्ये ४ हजार ५ सय ६३लाई पक्राउ गर्न काठमाण्डौं प्रहरी सफल भएको छ । अब काठमाडौंका २ सय ८६ अभियुक्तलाई मात्र पक्राउ गर्न बाँकी रहेको प्रहरीको भनाई छ ।
Powered by Blogger.