Header Ads

महामारी क्षेत्रमा सेनाको हेलिकप्टर परिचालन

काठमाण्डौ । जाजरकोट जिल्लाको बिभिन्न गाउँमा फैलिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुको महामारी नियन्त्रणको लागि हेलिकोप्टरसहित मेडिकल टिम परिचालन गरेको छ।

 नेपाली सेनाले आफुसँग उपलव्ध श्रोत साधन सहित मेडिकल टिमलाई प्रकोप प्रभावित क्षेत्रहरुमा परिचालन गरी व्यापक रुपमा बिरामीलाई उपचार गर्ने क्रम जारी राखेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

 नेपाली सेनाको एमआई १७ हेलिकप्टरद्वारा जाजरकोट जिल्लाको प्रभावित क्षेत्रहरुमा थप प्रकोप नियन्त्रण तथा ब्यबस्थापनको लागि गृह मन्त्रालय, नेपाली सेना र स्वास्थ्य सेवा विभाग, ईपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा बैशाख ७ गते नेपाली सेनाको डा अधिकृत सहितको ६ जनाको मेडिकल टिम परिचालन गरेको हो । समाचार आजको अन्नपूर्ण पोस्टमा छ।
Powered by Blogger.