यस्तो मानव तस्करीमा चर्चित नायिकादेखि पत्रकार र वितरकसम्म
काठमाडौं, बैशाख २ । युरोपमा साँस्कृतिक कार्यक्रम देखाउने भन्दै नेपालका केही कलाकार मिलेर फेरि मानव तस्करी गरेका छन् । चलचित्र निर्माता निर्देशक भनिएका राजु अधिकारी,बेल्जियम निवासी बेनी ढुंगाना, वन हर्न रायनो इन्टरटेनमेन्ट नामक आयोजक संस्थाका सञ्चालक बेल्जियम निवासी दीपक पौडेलले चाँजो मिलाएका हुन् । त्यसमा नायिका केकी अधिकारी, सिने पत्रकार राजन घिमिरे र चलचित्र वितरक हरि बरालको समेत संलग्नता छ ।
८ मार्च २०१५ मा बेल्जियममा थकाली सेवा समितिले तोरन्ल नाइट आयोजना गर्ने भन्दै पोस्टर सार्वजनिक गरेको थियो । ०१५ को होली नामक कार्यक्रम गर्ने बहानामा कार्यक्रममै भाग लिन आउने लोकगायक भनिएका जेबी ओली र एक जना नाम नखुलेकी पोर्तुगाल निवासी नेपालीको श्रीमतीसँग नेपाली रुपैयाँ जनही १०-१० लाख लिएर उनीहरूले युरोप भित्राएका हुन् । त्यो काम सकेर निर्देशक राजु अधिकारी, हरि बराल, राजन घिमिरे र नायिका केकी अधिकारी हाल काठमाडौं फर्केका छन् ।
८ मार्च २०१५ मा बेल्जियममा थकाली सेवा समितिले तोरन्ल नाइट आयोजना गर्ने भन्दै पोस्टर सार्वजनिक गरेको थियो । ०१५ को होली नामक कार्यक्रम गर्ने बहानामा कार्यक्रममै भाग लिन आउने लोकगायक भनिएका जेबी ओली र एक जना नाम नखुलेकी पोर्तुगाल निवासी नेपालीको श्रीमतीसँग नेपाली रुपैयाँ जनही १०-१० लाख लिएर उनीहरूले युरोप भित्राएका हुन् । त्यो काम सकेर निर्देशक राजु अधिकारी, हरि बराल, राजन घिमिरे र नायिका केकी अधिकारी हाल काठमाडौं फर्केका छन् ।

गायक ओली र ती युवती पोर्तुगलको वैधानिक कागज लिन उपाय रच्दै लुकेर बसिरहेका छन् । त्यहाँको कागज लिने जटिल प्रक्रिया बुझिसकेपछि ओली निराश बनेका छन् । उनले आफू ठगिएको बुझेर पुर्पुरोमा हात लगाउँदै पेपर बनाइदिन विभिन्न संघसंस्थासँग हारगुहार गर्दै हिँडेको नेपाली बताउँछन् । रमाइलो पक्ष के छ भने ८ मार्चको थकाली सेवा समितिको प्रचारित कार्यक्रममा कलाकार नै पुगेनन् । त्यसपछि आयोजक जिल्लिएका थिए ।
नेपालबाट आउने भनिएका कलाकार नआएपछि हतारमा थकाली समाजले स्थानीय कलाकार बोलाएर कार्यक्रम गरेको थियो । नायिका अधिकारीको टोली ९ मार्चमा बेल्जियम पुगेको हो । पछि नायिका केकी अधिकारीलाई विना कार्यक्रम फर्काउन लाग्दा उनले विरोध गरेका थिए । त्यसपछि वन हर्न रायनो इन्टरटेनमेन्ट नामक फर्जी संस्था खोलियो बेल्जियममा । बेल्जियममा कतै दर्ता भएको नदेखिएको यसैले मार्च १४ मा अचानक कार्यक्रम आयोजना गर्ने पोस्टर छाप्यो । त्यसैको नाममा अधिकारीलाई कार्यक्रममै गएको भन्ने प्रमाण जुटाउन सहयोग गरेको थियो ।
सो कुरा एक दिनअघि कार्यक्रमको प्रचार गरिएको दीपक पौडेलको फेसबुकबाट पुष्टि हुन्छ । वन हर्न राइनो इन्टरटेन्मेन्ट सन्ध्या भनेर प्रचार गरिएको अर्को पोस्टरमा कुन दिन हो कार्यक्रम हुने उल्लेख छैन । यसबाट उनीहरूले झुक्याउन मात्रै पोस्टर बनाएको प्रस्ट हुन्छ । राजुले बेनी ढुंगानालाई निर्माता घोषणा गरी डिसेम्बरमा बेल्जियममा सिनेमा छायांकन गर्ने प्रचार गरेका थिए ।
उनले युरोपमा सुटिङ गर्ने भनिएको चलचित्र ‘उल्झन’ मार्फत पनि नेपालीलाई युरोप पुराउन खोजेको चर्चा छ । यसअघि पनि चलचित्र सुटिङको नाममा बेल्जियम र जर्मनीमा नेपाली भित्रिसकेका छन् ।
नेपाली चलचित्रको बजार खस्के पनि मानव तस्करी र विदेश बसेर राम्रो कमाइ गरेका नेपालीलाई निर्माता र कलाकार बनाउने लड्डु बाँडी विदेशतिर मुर्गा फसाउन केही चलचित्रकर्मी सक्रिय देखिएको समाचार जनआस्था साप्ताहिकले छापेको छ ।
