निजी विद्यालयले १५ दिनमा चर्को रकम फिर्ता गर्ने
.jpg)
वार्तामा दश बुँदे सहमति भएको छ। नयाँ शुल्क वृद्वि गर्न विद्यार्थी र अभिभावक समेत संलग्न प्राविधीक समिती गठन गर्ने, यसअघि वृद्वि गरिए अनुसार विद्यार्थीसंग लिइएको शुल्क १५ दिन भित्रमा फिर्ता गर्ने, प्रचलित निती नियम विपरित विविध शिर्षक राखेर शुल्क लिने विद्यालयको अनुगभन गरेर कारवाही गर्ने लगायतका सहमति भएको छ।
काठमाडौं लगायतका जिल्लामा निजी स्कुलले विद्यार्थीको मासिक शुल्कमा भारी वृद्वि गरेपछि विद्यार्थीहरू आन्दोलित भएक हुन्। गत साता काठमाडौंका विद्यालयमा २२ प्रतिशत शुल्क बढेको थियो। विद्यालयको लेखा शाखामा लगाएको ताला आज सोमबार देखिनै खुलेको छ।