Header Ads

लाससहित २८ मलामी घाटबाटै यसरी पक्राउ परे

दाङ । दाइले भाइको हत्या गरेको पोल खुलेपछि तुलसीपुरको राइखलीयानस्थित पातुखोलामा अन्तिम दाहासंस्कार गर्न लगिएको शवसहित २८ जना मलामी समातिएका छन् । घटना संकास्पद देखिएपछि २८ मलामीलाई प्रहरीले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

आफ्ना २३ बर्षीय भाइजंगबहादुर चौधरीलाई दाई दशुराम चौधरीले हत्या गरेको सुचना पाएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो । सँगै बसेर मदिरासेवनगरेका दुई भाइबीच आपसीविवाद हुँदा दाइले इपिलइपिलको दाउराले टाउको र अनुहारमा हानेर गएरातिहत्या गरेको प्रहरी उपरीक्षक जोशीले बताए । “हत्या गरिएका भाइ जंगबहादुर चौधरी आफै मरेको भन्दैजंगबहादुरको दाहसंस्कार गर्न थालेको विशेष सूचना आयो ।

त्यसपछिखोलामा पुग्यौं । खाल्डो खन्दै गर्दा हामीले हत्यामा संलग्न दाइ दशुरामसहितमलामीलाई पक्राउ गरेर ल्यायौं”प्रहरी नायव उपरीक्षक जोशीले बताए । बढी मदिरासवेन गरेका कारणमुटुफुटेर जंगबहादुरको ज्यान गएको भन्दै पातुखोलामा मृतकको अन्त्यष्टिगर्न लागेको प्रहरीले बताएको छ । शव पोष्टमार्टमका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पुराइएको छ ।

 बुधवार दिनभर इलाका प्रहरी कार्यालय तुलसीपुरमा रहेका मलामीहरुलाई छानविनपछि बेलुकी कागज गराएर आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । यता मलामीहरुले आफूहरुलाई हत्या भएको जानकारी नभएको र प्रहरीले शव खोलेर हेर्दा मात्र आफूहरुले थाहा पाएको बताएका छन् ।

 अन्तिम दाहासंस्कार गर्न लगिएको शव सहित इलाका प्रहरी कार्यालय तुलसीपुरले २८ जना मलामीलाई दिनभर नियन्त्रणमा लिएर साझँमात्र छाडेको छ । फोटो :फाइल फोटो
Powered by Blogger.