९८ बर्षकी माइली आमा भन्छिन्, यस्तो पनि भो ! दलित हुनुको पीडा
काठमाडौं । उमेर ९८ हाराहारी। ९० सालको भुइँचालोमा उनी १७ वर्षकी थिइन्। काठमाडौंको रामकोटमा बस्दै आएकी माइली परियार सम्भवतस् यस क्षेत्रकै ज्येष्ठ नागरिक र ‘आमा’ हुन् ।
आफ्नै कोखबाट चार सन्तान जन्माइन् उनले। दलित हुनुलाई उनले सायद नियतिका रूपमा लिइन्। तर, यत्रो लामो जिन्दगीमा दुईपटकमात्र दलित हुनुको पीडाले छटपटिएकी छन् उनी । चारपल्टको प्रसव वेदनाजस्तै पीडा उनले महसुस गर्ने गरेकी छन् अक्सर सार्वजनिक धाराहरूबाट पानी खेर जाँदा।
‘दलित नभएको भए निर्धक्क भएर मैले त्यो धारा बन्द गर्न सक्थें, भरिएका गाग्रीको साटो रित्ता गाग्री थापिदिन सक्थे’, साक्षात्कारमा उनले भनिन्। अर्को पीडाको अनुभूति उनले दलित या ‘अछूत’का रूपमा कम र आमाका रूपमा बढी गरेकी छन् ।
‘पहिलो बच्चा जन्मिनुपूर्व व्यथाले च्याप्दा मेरो सहारा मझेरीको थाममात्र बन्न पुग्यो। घरका लोग्नेमान्छेहरू काममा बाहिर, म एक्लै’, उनले भनिन्। ‘बच्चा जन्मियो। तर नाल काट्न कोही आएन। म दलित नभएको भए मेरो भर्खर जन्मिएको बच्चालाई सालनालबाट सकी(नसकी मैले अलग गर्नुपर्ने थिएन आफैं।’
यसपल्टको पीडा, आमाको पीडा थियो, आफूजस्तै जन्मैदेखि आफ्ना बच्चा पनि तिरस्कृत भएकोमा। जातभातबाट विभाजित समाजमा अशिक्षित माइलीले अन्य अवसरमा भने त्यसलाई सामान्य व्यवहारकै रूपमा लिइन्। पीडाको अनुभूति गरिनन्।
राणाशासन अन्त्य, प्रजातन्त्र स्थापना र यता आएर गणतन्त्र, अन्य छुवाछूत उन्मूलन कानुनले न उनको हौसला बढायो, न फरक व्यवहार नै पाइन् उनले समाजबाट।आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।