Header Ads

के गर्दैछन् माओवादी नेताका छोराछोरीहरु ? बिस्तारमा जान्नुहोस

काठमाडौं, चैत २५ ।पार्टी नेतृत्वले क्रान्ति परित्याग गरेको भन्दै अहिले क्रान्ति र बिद्रोहको डिङ हाँकेर नथाक्ने मोहन बैद्यका तीन छोरीहरुमा जेठी लता शर्मा सिक्किममा घरजम गरी बसेकी छन् । उनको सिक्किममा बसोबास गर्ने नेपालीभाषी रूपेश शर्मासँग विवाह भएको हो । उनीहरूका एक छोरी छिन् । पेसाले रूपेश श्रमजीवी पत्रकार हुन् । यता माइली छोरी भने माओवादी नेता अग्नि सापकोटाका जेठा छोरा दीपक सापकोटासँग बिहे गरी त्रिचन्द्र कलेजमा बुर्जुवा डिग्रीकालागि संघर्षरत छिन् । सापकोटा जनयुद्ध कालदेखि नै ‘जनादेश’ मा काम गर्दै आएका केन्द्रीय प्रचार ब्यूरो सदस्य हुन् ।
सन्तान सृष्टिको निरन्तरता हुन् । सजीव प्राणीको वंश बचाउनका लागि अपरिहार्य उपज हुन् । चाहे सर्वोच्च चेतनाले भरिपूर्ण मानवजाति होस् चाहे भाषा नखुलेका चौपाया हुन् वा पखेटाको सहारामा विचरण गर्ने दोपाया चराचुरुङ्गी हुन् । सबैलाई हुन्छ सन्तानको माया, सबैमा भरिएको हुन्छ सृष्टिप्रतिको अगाध स्नेह । उच्च चेतना बोकेको मानिसले जन्माएर, हुर्काएर अनि पालनपोषण गरेर आफ्नो स्नेह देखाउँछन् । गाँस, बास, कपास अनि शिक्षाको सिँढी उकालेर आफ्नो दायित्व निभाउँछन् । त्यसैगरी दौपाया र चौपायाहरू जो चेतनामा न्यून छन्, उनीहरूले पनि आफ्नै किसिमले पोख्ने गर्छन् सन्तानप्रतिको दया ।
मानवजातिमा पनि कम्युनिष्टहरू आफूलाई संसारकै सभ्य मानिस ठान्छन् । खोच र खाल्डाहरूलाई उकासेर अनि ढिस्काढिस्कीलाई खनेर समतल मैदान बनाउने कसम खान्छन् । तँ र म भन्ने भावना कुल्चिएर हामी र हाम्रो भन्ने भावना सबैलाई सिकाउन कम्मर कस्छन् कम्युनिष्टहरू । एक मुट्ठीसँग र एक पाँजो घाँसको निहुँमा झगडा गर्ने सोच भत्काउन गरिबहरूलाई आग्रह गर्छन् उनीहरू । ओठ बाँधेर मौन बस्नुभन्दा दमनका विरुद्ध मुट्ठी कस्न मजदुरहरूमा ऊर्जा भर्छन् उनीहरू । भित्ताको चार घेराभित्र खुम्चिएर बस्नुभन्दा संसार बदल्ने बाटोमा दौडिनुलाई जीवनको महत्व ठान्छन् कम्युनिष्टहरू । ‘आफ्नोलाई भन्दा परकोलाई आफ्नो ठान्ने’ र ‘आफ्नालाई भन्दा परकालाई बढी माया गर्ने’ सोच राख्ने उनीहरू ‘आफू जलेर अरुलाई उज्यालो दिने’ आदर्शमा विश्वास गर्छन् ।
आफ्ना आरामको संसारमा धावा बोलेको ठानेर होला, युद्धकालमा तत्कालीन सत्ता र उसका सेवकहरूले माओवादीविरुद्ध अनेकथरी प्रचार गर्दथ्यो । ‘माओवादीका नेताहरूले आफ्ना छोराछोरीलाई विदेशी महँगा स्कुलमा पढाएका छन्’ । ‘माओवादी नेताहरूले पार्टीको नाममा उठाइएको चन्दाले आफ्ना सन्तानको पढाइ शुल्क तिर्ने गरेका छन्’, ‘आफ्ना सन्तान विदेशी स्कुलमा पढाउँछन् तर दुँनियाका छोराछोरीलाई मर्नका लागि प्रेरित गरिरहेका छन्’ जस्ता प्रचारले अखबार भरिने गर्दथ्यो । तर तिनै नेताका परिवारहरूकेा आज स्थिति कस्तो छ त ? उनीहरू कुन रूपमा रहेका छन् वा के गर्दै छन् ? भन्ने बारेमा थुपै्र मानिसहरूलाई कौतुहलता र जिज्ञासा हुन सक्छ । मानिसमा जागेका तिनै जिज्ञासा हटाउन माओवादीका अग्र नेताका सन्तानबारे खोतल्ने कोसिस गरेका छौं ।
भीषण लडाइँले भरिभराउ जनयुद्धको कुशलतापूर्वक नेतृत्व गरेका एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डकी जेठी छोरी ज्ञानु केसी दाहाल । उनका पति अर्जुन केसी हुन् । स्नातकसम्मको अध्ययन गरेका अर्जुन पार्टीअन्तर्गतकै गणतान्त्रिक मञ्च तमुवान राज्य समितिमा कार्यरत छन् । राज्य समिति सदस्यको हैसियतमा उनी सक्रियतापूर्वक खटिरहेका छन् । ज्ञानु पनि गणतान्त्रिक मञ्चमै कार्यरत छिन् । उनको सांगठनिक हैसियत पार्टी डीसीएम हो । उनले स्कुले शिक्षा मतलब कक्षा १० पास गरेकी छन् । तर, उनी अहिले बे्रस्ट क्यान्सरको शिकार भएकी छन् । क्यान्सरको उपचार गराउँदै आफ्नो सांगठनिक भूमिकामा उनी क्रियाशील छिन् ।
रेणु दाहाल पाठक प्रचण्डकी माहिली छोरी हुन् । जनयुद्धकालमा कहिले प्रवास त कहिले रोल्पा र रुकुमका भीरपाखामा लुकामारी गरेकी रेणुका पति एकीकृत माओवादीका केन्द्रीय सल्लाहकार टीबी पाठकका छोरा अर्जुन पाठक हुन् । रेणुले पनि प्रवेशिका उतीर्ण गरेकी हुन् । उनका पतिले बीएस्सी पास गरेका हुन् । त्यतिबेला उनी अखिल भारत नेपाली विद्यार्थी संघको महासचिव थिए । जिम्मेवारी थपिएपछि अध्ययन र संगठनमध्ये उनले एउटा रोज्नैपर्ने भयो । आखिर उनले अध्ययन छोडेर संगठन नै समाते । दिल्लीमा उनी एमएस्सी गर्दै थिए तर आन्दोलनको मायाले तानेपछि उनी अध्ययन छाडेर सक्रियतापूर्वक लागे जिम्मेवारी पूरा गर्न । अहिले उनी माओवादी केन्द्रीय कार्यालयअन्तर्गत संसदीय दलको कार्यालयको जिम्मेवारी सम्हालिरेहका छन् । रेणु ०६५ सालदेखि काठमाडौं जिल्लाको सह-सेक्रेटरीको भूमिका खेलिरहेकी छिन् । उनी राज्य समितिको सचिवालय सदस्य हुन् र सभासद् पनि ।
गंगा दाहाल प्रचण्डकी कान्छी छोरी हुन् । उनी पनि विवाहित हुन् । माओवादी र उसका भातृ संगठनहरूले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा मधुर स्वर पस्कने स्मिता दाहाल उनकै छोरी हुन् । हाल माओवादी केन्द्रीय कार्यालयअन्तर्गत स्वकीय भूमिकामा कार्यरत रहेकी उनको सांगठनिक हैसियत राज्य समिति सदस्य हो । उनको शैक्षिक योग्यता पनि प्रवेशिका हो । प्रकाश दाहाल एकीकृत माओवादी अध्यक्ष प्रचण्डका एकमात्र छोरा हुन् । अहिले उनी अध्यक्ष प्रचण्डको स्वकीय सचिवको भूमिका निभाइरहेका छन् । उनको सांगठनिक हैसियत राज्य समिति सदस्य हो ।
प्रचण्डका छोरा छोरीहरू
ज्ञानु दाहल- जिल्ला समिति सदस्य- दश कक्षा
रेणु दाहल- राज्यसमिति सदसय-एसएलसी
गंगा दाहल- राज्यसमिति सदस्य-एसएलसी
प्रकाश दाहल- राज्य समिति सदस्य-
किरणका छोराछोरीहरू
लता शर्मा-
चेतना शर्मा- राज्यसमिति सदस्य- त्रिचन्द्र कलेजमा स्नातकोत्तर अध्ययनरत
सृजना शर्मा- पार्टी एसिएम- स्नातकोत्तर अध्ययनरत
बाबुरामका छोराछोरीहरू
मानुषी यमि-राज्य समिति सदस्य – स्नातकोत्तर सम्पन्न
बादलका छोराछोरीहरू
प्रतिक थापामगर -राज्य समिति सदस्य – स्नातकोत्तर अध्ययन
प्रतिमा थापामगर- मगर मुक्ति मोर्चामा आबद्ध – स्नातक अध्ययनरत
सिपि गजुरेलका छोराछोरीहरू
शोभा गजुरेल :- एसएलसी- पार्टीमा संगठित छैनन् ।
प्रभा गजुरेल :- एसएलसी- पार्टीमा सामान्य सहभागिता
सन्तोष गजुरेल :- स्नातक- सुदिक्षा प्रेसको साहु, व्यापार व्यवसाय
सञ्जीव गजुरेल :- स्नातकोत्तर- पार्टी डिसिएम प्लस टु कलेजमा अध्यापन गराउँछन्
पोष्ट बहादुर बोगटीका छोराछोरीहरू
प्रतिभा बोगटी – स्नातक-जिल्ला कमटी सचिवालय सदस्य
प्रभा बोगटी – स्नातक अध्ययनरत – राज्य समिति सदस्य
सहिद रवि बोगटी – २०५९ असार ७ मा तत्कालीन शाही सेनाद्वारा हत्या
एकीकृत माओवादीका उपाध्यक्ष हुन्, मोहन वैद्य किरण । उनका तीन छोरी छन्, छोरा छैनन् । पार्टी नेतृत्वले क्रान्ति परित्याग गरेको भन्दै अहिले क्रान्ति र बिद्रोहको डिङ हाँकेर नथाक्ने मोहन बैद्यका तीन छोरीहरुमा जेठी लता शर्मा सिक्किममा घरजम गरी बसेकी छन् । उनको सिक्किममा बसोबास गर्ने नेपालीभाषी रूपेश शर्मासँग विवाह भएको हो । उनीहरूका एक छोरी छिन् । पेसाले रूपेश श्रमजीवी पत्रकार हुन् ।
यता माइली छोरी भने माओवादी नेता अग्नि सापकोटाका जेठा छोरा दीपक सापकोटा बिहे गरी त्रिचन्द्र कलेजमा बुर्जुवा डिग्रीकालागि संघर्षरत छिन् । सापकोटा जनयुद्ध कालदेखि नै ‘जनादेश’ मा काम गर्दै आएका केन्द्रीय प्रचार ब्यूरो सदस्य हुन् । अहिले पनि उनी सञ्चार क्षेत्रमै क्रियाशील छन् । राज्य समितिकी सदस्य चेतना हाल किरणको निजी सचिवको रूपमा कार्यरत छिन् ।
सृजना शर्मा वरिष्ठ उपाध्यक्ष किरणकी अर्की छोरी हुन् । सानो उमेरमै जनयुद्धलाई सहयोग गर्दै हुर्किएकी उनी अहिले अखिल -क्रान्तिकारी) काठमाडौं जिल्ला समितिमा संगठित छिन् । हाल उनको स्नातकोत्तर तहको अध्ययन पनि चलिरहेको छ । उनी परिवारकी कान्छी सन्तान हुन् ।
जताका छोराछोरीलाई बिद्रोहमा लाग्न आव्हान गर्ने नेता बैद्यले आफ्नै छोरीहरुलाई बुर्जुवा डिग्री लिन लगाउनु आफैंमा बिरोधाभाष देखिन्छ । एकीकृत माओवादीका अर्का उपाध्यक्ष हुन् हालका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई । उनका पनि छोरा छैनन् । एक्ली छोरी छिन्, मानुषी यमी भट्टराई । जनयुद्धका दिनहरूमा उनी प्रवासको संगठनमा सक्रिय थिइन् । उनी भारतमा अप्रवासी नेपाली मजदुरका लागि क्रियाशील भइन् । अखिल भारत नेपाली जनअधिकार सुरक्षा फोरममा संगठित भएर पनि उनले भूमिका निभाइन् । त्यतिबेला प्रवासबाटै प्रकाशित हुने पार्टीको अंग्रेजी मूखपत्र त्जभ ध्यचपभच मा पनि काम गरिन् । भर्खरै राजनीतिशास्त्रमा स्नातकोत्तर सम्पन्न गरेकी उनी अखिल -क्रान्तिकारी) की केन्द्रीय सदस्य रहेकी छन् । दुई वर्षअघि भएको स्ववियु चुनावमा उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपूर क्पाम्पसको सचिव पदमा विजयी भएकी हुन् । विचारप्रधान त्रैमासिक पत्रिका ‘रातो झिल्को’ को प्रकाशक र सम्पादक पनि उनै हुन् ।
एकीकृत माओवादीका अर्का उपाध्यक्ष हुन् नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ । संविधानसभाको निर्वाचनपछि ०६५ सालमा तत्कालीन नेकपा -माओवादी) र नारायणकाजीले नेतृत्व गरेको नेकपा -एकताकेन्द्र-मसाल) बीच एकता भएपछि पार्टीको नाम परिवर्तन गरी एकीकृत नेकपा -माओवादी) राखिएको थियो । कम्युनिष्ट आन्दोलनको दौरानमा लामो समय भूमिगत जीवन बिताएका नारायणकाजी अविवाहित हुन् ।
माओवादीका अर्का ठूला नेता हुन् महासचिव रामबहादुर थापा ‘बादल’ । जनयुद्धकालमा कहिले पूर्व, कहिले पश्चिम त कहिले मध्य क्षेत्रको जिम्मेवारी सम्हालेका उनले पनि कम्युनिष्ट आन्दोलनमा धेरै वर्ष बिताइसकेका छन् । केही वर्षअघिदेखि उनकी पत्नी नैनकला थापा राष्ट्रिय महिला आयोगकी अध्यक्षको रूपमा काम गरिरहकी थिइन् । थापाका दुई सन्तान छन्, एक छोरा र एक छोरी ।
प्रतीक थापामगर बादलका छोरा । जनयुद्ध कालदेखि नै उनी पिताको नजिकमा रहेर काम गर्दै आएका हुन् । भारतबाट उनले राजनीतिशास्त्रमा स्नातकोत्तरको अध्ययन सम्पन्न गरेका छन् । अहिले उनले पिताको स्वकीय सचिव तथा ताम्सालिङ र नेवा राज्य मिलाएर बनाइएको विशेष केन्द्रीय ब्यूरोको कार्यालय सचिवको भूमिका निभाइरहेका छन् । ०५६ सालदेखि बादलको स्वकीय सचिवको जिम्मेवारी बोक्दै आएका उनी दर्शन, संगीत, प्रविधि तथा स्वास्थ्य क्षेत्रमा पनि रुचि राख्छन् । प्रतिमा थापा अर्थात् महासचिव बादलकी एउटै छोरी हुन् । उनी अखिल -क्रान्तिकारी) मा आबद्ध छिन् । उनको अर्को जिम्मा मगर राष्ट्रिय मूक्ति मोर्चा हो । उनी त्यसमा पनि संगठित छिन् । यीबाहेक उनको अध्ययनको यात्रा पनि जारी छ, स्नातक तहमा ।
एकीकृत -माओवादी) का अर्का उच्च नेता हुन्, सचिव चन्द्रप्रकाश गजुरेल ‘गौरव’ । सिन्धुलीमा जन्मिएर लामो समयदेखि कम्युनिष्ट राजनीतिमा उनी सक्रिय छन् । जनयुद्धकालमा लामो समयसम्म विदेश विभागको जिम्मेवारी सम्हालेका उनका चार सन्तान छन्, दुई छोरा र दुई छोरी । गजुरेलकी पहिली सन्तान हुन्, शोभा पण्डित गजुरेल । ०४६ सालमा उनको विवाह बालसुन्दर पण्डितसँग भएको हो । शोभा एकीकृत माओवादीमा संगठित छिन् । उनका पति बालसुन्दर चितवन-काठमाडौं गणतान्त्रिक मञ्चका सचिव हुन् । गजुरेलकी अर्की छोरी हुन् प्रभा कोइराला । ०५२ सालतिर उनको विवाह केशव कोइरालासँग भएको हो । उनी माओवादीका शुभचिन्तक हुन्, संगठित छैनन् । लेखा परीक्षणको काम गर्ने उनी अहिले आफ्नै व्यवसाय चलाइरहेका छन् । रोलक्रमले सचिव सीपीका अर्का सन्तान हुन्, छोरा सन्तोष गजुरेल । उनको आफ्नै व्यवसाय छ । बावु सर्वहारा भएपनि उनले आफ्नै लगानीमा छापाखाना चलाएका छन् । नयाँ बानेश्वरमा रहेको सुदीक्षा प्रेसको सञ्चालक उनै हुन् ।
सञ्जीव गजुरेल सीपीका कान्छा छोरा । आफू अहिले पार्टटाइमर कार्यकर्ताको रूपमा काम गरिरहेको उनले बताए । पार्टी डीसीएमको हैसियतमा रहेका छन्, उनी । उनको पहिलो विवाह सुनिता शर्मासँग भएको थियो । तर, दाम्पत्य जीवन धेरै समय टिक्न सकेन । विवाह समझदारीमै भएको हो तर दुई वर्ष पुग्दा नपुग्दै वैवाहिक जीवनमा तनाव सुरु भयो । पत्नी सुनिताले अंश माग्न थालेपछि उनीहरूबीचको मनमुटाव झनै चुलिएको सञ्जीवले सुनाए । त्यसपछि सुनितालाई अंश दिएर सम्बन्ध विच्देद गरिएको उनको भनाइ छ । उनले पिता सीपीको स्वकीय सचिवको जिम्मेवारी पनि निभाइरहेका छन् । यसका साथै त्रिपुरेश्वरमा रहेको विश्व निकेतन कलेजमा प्लस टु लेभलमा अध्यापन पनि गर्ने गरेको उनले बताए ।
७ जना माओवादी पदाधिकारीमध्ये अर्का सचिव हुन् पोष्ट बहादुर बोगटी ‘दिवाकर’ । जनयुद्धकालमा लामो समय पश्चिम कमाण्डको जिम्मेवारी निर्वाह गरेका उनका तीन सन्तान हुन् । जसमध्ये उनका एकमात्र छोरा जनयुद्धमै सहिद भए भने दुई छोरीहरू अहिले पनि परिवर्तनको मार्गमा यात्रारत छन् ।
दिवाकरका पहिला सन्तान रवि बोगटी हुन् । अनेरास्ववियु -क्रान्तिकारी) को जिल्ला अध्यक्ष, तत्कालीन सैन्य संरचनाअनुसार स्क्वायड सदस्य तथा पार्टीको एरिया समिति सदस्यको जिम्मेवारी सम्हाल्दै अघि बढेका थिए उनी । पार्टी कामकै सिलसिलामा तत्कालीन सरकारी फौजले घेरा हालेर उनको हत्या गर्‍यो । आन्दोलनले दिएको जिम्मेवारी बोकेर गन्तव्यतिर अघि बढिरहेका उनको ०५९ साल असार ७ गते धादिङको सत्यवती गाविसमा शहादत भएको हो । २१ वर्षमा शहिद भएका उनले प्रवीणता पास गरेका थिए ।
प्रतिभा बोगटी पोष्ट बहादुरकी जेठी छोरी हुन् । अहिले उनी एकीकृत -माओवादी) मै क्रियाशील रहेकी छिन् । दाङ जिल्ला पार्टीको सचिवालय सदस्यको रूपमा आन्दोलन र समयको भारी बोकेर कार्यक्षेत्रमा खटिइरहेकी छिन् । ०५८ सालदेखि क्रान्तिको सेवामा लागेकी उनले स्नातकसम्मको अध्ययन गरेकी छन् ।
प्रभा बोगटी दिवाकरकी अर्की छोरी हुन् । जनयुद्धका कष्टकर दिनहरू उनले पनि भोगिन् । ०६० सालदेखि उनले पत्रकारिताको सुरुवात गरेकी हुन् । मिसन पत्रकारिता थालेकी उनी अहिले माओवादी प्रचार राज्य समिति सदस्य छिन । उनि सक्रियतापूर्वक सञ्चार क्षेत्रमै काम गरिरहेकी छिन् । अहिले उनी हिमालय टेलिभिजनमा कार्यरत छिन् । साथै, उनको स्नातक तहको अध्ययन पनि चलिरहेको छ राजधानीको रत्नराज्य क्याम्पसमा ।
Powered by Blogger.