Header Ads

डा. केसी अनशन तोड्न सहमत, डाक्टरको आन्दोलन फिर्ता

काठमाडौं । शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी विहीबार १२ औं दिनमा अनशन तोडन सहमतिमा आएका छन् ।

सरकारी वार्ता टोलीसँग ११ बुँदे सहमति भएपछि केसी अनशन तोड्न राजी भएका हुन् । केसीका मागलाई सम्वोधन गर्दै ११ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको सरकारी वार्ता टोलीका सदस्य तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोख्रेलले जानकारी दिए ।

सहमति पत्रमा डा. केसीले हस्ताक्षर गरेका छन् । यसैगरी सरकारका मुख्य सचिव लिलामणि पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पोख्रेल र नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झाले हस्ताक्षर गरेका छन् ।

दिउँसो साढे ३ बजे डा. केसीले अनसन तोड्ने आवासीय चिकित्सक संघका रामचन्द्र सापकोटाले बताए । सहमतिसँगै चिकित्सकहरूको आन्दोलन पनि फिर्ता लिएको उनले बताए ।

सहमति सगै आगामी शैक्षिकसत्रदेखि सरकार मातहतका हरेक मेडिकल कलेजमा एमडी, एमएस, एमडीएस, बिएन लगायतका पढाइ निःशुल्क गरिने भएको छ ।
Powered by Blogger.