गुगलले इन्टरनेटमा सूचना खोज्ने सुविधाको दुरुपयोग गरेको इयूको आरोप
एजेन्सी, बैशाख ३ । युरोपेली संघ ईयूले, गुगलले इन्टरनेटमा सूचना खोज्ने सुविधाको दुरुपयोग गरेको आरोप लगाएको छ ।
ब्रसेल्स्मा इयुकी प्रतिस्पर्धा आयुक्त मार्गरेटा भेस्टागेरले गुगल कम्पनीले आफ्नो सूचना खोज्ने ठाउँमा निश्चित वस्तु तथा सेवालाई प्राथमिकता दिएको आरोप लगाउनुभएको हो ।
ब्रसेल्स्मा इयुकी प्रतिस्पर्धा आयुक्त मार्गरेटा भेस्टागेरले गुगल कम्पनीले आफ्नो सूचना खोज्ने ठाउँमा निश्चित वस्तु तथा सेवालाई प्राथमिकता दिएको आरोप लगाउनुभएको हो ।

उहाँले यस्ता कम्पनीले सेवाग्राहीलाई प्रभावित गर्ने कोसिस गरिरहेको बताएको बिबिसीले जनाएको छ । गुगल कम्पनीले यो आरोपको खण्डन गरेको छ र उसले आफ्नो कुरा राख्ने बताएको छ ।
गुगललाई यसको जवाफ दिन दश हप्ताको समय दिइएको खबरमा उल्लेख छ । आरोप पुष्टि भए कम्पनीले करौडौ डलर हर्जानाको रुपमा तिर्नुपर्ने हुन्छ ।
गुगललाई त्यसरी औपचारिक अभियोग अघि बढाउने क्रममा इयुले आफूले युरोपका पचास करोड जनताको हितको रक्षा गर्न त्यस्तो कदम चालेको बताएको छ ।
गुगलको सर्च इन्जीनले यूरोपबाट इन्टरनेटमा गरिने सबै सूचना, जानकारी लगायतका सेवाहरुको खोजी मध्ये नब्बे प्रतिशत ओगट्ने गर्छ ।
