Header Ads

१३ बर्षअघि दरवार हत्याकाण्डमा लागेको गोली पूर्वरानीले दिल्लीमा निकाल्ने

काठमाडौं, चैत्र २८ । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित शुक्रबार भारतको नयाँदिल्ली गएका छन् ।

बेलुकी पौने पाँच बजे उडेका उनले नातिनी पूर्णिका र संवाद सचिव डा. फणिन्द्रराज पाठकलाई पनि सँगै लगेका छन् । नयाँदिल्लीमा पूर्वराजाले उच्चस्तरीय भेटवार्ताका साथै पत्नी कोमलको स्वास्थ्योपचार गराउनेछन् ।

दरबार हत्याकाण्डका वेला कोमलको शरीरमा लागेको छर्रा शल्यक्रिया गरेर निकालिनेछ । यता,थाइल्यान्डबाट फर्केलगत्तै मठमन्दिरमा पूजापाठमा सक्रिय भएका पूर्वयुवराज पारस शाह अहिले अस्पताल धाइरहेका छन् ।

नर्भिक अस्पतालका डाक्टरले तीन दिनदेखि उनको स्वास्थ्य परीक्षण गरिरहेका छन् । नर्भिकका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भरत रावत र स्नायुरोग विशेषज्ञ डा. पंकज जलानको टोलीले उनको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

स्रोतका अनुसार स्वास्थ्य परीक्षणका लागि पारस बुधबार बिहान पौने ६ बजे नै सहयोगीका साथ नर्भिक अस्पताल पुगेका थिए । बिहीबार र शुक्रबार भने उनी बेलुका ५ बजे अस्पताल गएका थिए ।

परीक्षणका क्रममा उनी डेढदेखि २ घन्टा बस्ने गरेका छन् । अस्पतालमा पारसको मुटु र मस्तिस्कको विशेष परीक्षण गरिएको छ ।
Powered by Blogger.