Header Ads

फेसबुक मालिकको आधा सम्पत्ति दावी गर्ने मान्छे बेपत्ता

फेसबुकका मालिक मार्क जुकरवर्ग र उनको कम्पनी फेसबुकको आधा सम्पत्ति दावी गरेर एक अमेरिकीले संसारलाई चकित पारिदिएका छन् । आफ्नो कन्सेप्टअनुसार जुकरवर्गले फेसबुक स्थापना गरेको दावी गर्दै उनले अदालतमा मुद्दासमेत दायर गरेका थिए । तर, मुद्दा सुनुवाई हुने दिन नजिकिदै गर्दा उनी परिवारसहित बेपत्ता भएका छन् ।

अमेरिकाको एक संघीय न्यायालयले फेसबुक र त्यसका संस्थापक मार्क जुकरबर्गलाई ती अभियुक्तसँग भएका भनिएका विद्युतिय पत्राचार वा दस्तावेज सार्वजनिक गर्न आदेश दिएको छ । संघीय न्यायाधीश बर्नोन ब्रोडेरिकले आपराधिक अभियोगमा मुद्दा बेहोरिरहेका एक फरार अभियुक्तको सम्बन्धमा रहेका दस्तावेज पेश गर्न फेसबुकलाई आदेश दिएका हुन् । फेसबुकमा आफ्नो आधा हिस्सा दाबी गरेर फरार भएका अभियुक्त पल सेगलियाका वकिल रोबर्ट रोसको निवेदनमा सुनुवाई गर्दै अदालतले फेसबुक र जुकरबर्गलाई यस्तो आदेश दिएको हो । पाउल र फेसबुकबीच भएको सम्झौता लगायत सन् २००३ देखि यताका सम्पूर्ण दस्तावेजहरु सेगलियाका वकिललाई दुइ दिन भित्रमा सुम्पन अदालतले आदेश दिएको छ ।

अभियुक्त सेगलिया भने आफ्नो इलेक्ट्रोनिक्स ब्रासलेट फ्याँकेर केही महिनादेखि फरार छन् । अभियुक्तका बाबुले भने फेसबुक तथा अभियोजनकर्ताहरुले आफ्नो छोरामाथि षडयन्त्र गरिरहेको जिकिर गरेका छन् । सेगलिया पक्राउ परेपछिमात्र दस्तावेज हस्तान्तरण गर्ने र सो बेलासम्म पर्खनका लागि जुकरबर्गले अनुरोध गरेपनि अदालतले त्यो अनुरोधलाई अस्विकार गरेको हो । मे ४ का सुनुवाई नजिकिरहेको बेला सेगलिया गएको महिना घरबाट भागेर बेपत्ता भएका थिए । वेल्सभिल्लेमा रहेको उनको घरबाट दुइ सन्तान, श्रीमती तथा उनको पाल्तु कुकुर समेत फरार भएको छ । अभियोजनकर्तासँग मिलेर जुकरबर्गले स्वच्छ सुनुवाइ हुने नदिने डरका कारण आफ्नो छोरा भागेको सेगलियाका बाबुले गएको हप्ता अदालतमा बताएका थिए ।

तर न्यायाधीशले भने गैरन्यायिक तबरले सुनुवाई अगाडि बढ्न नदिने बताएका छन् । फेसबुक स्थापनाका बेला हार्वाड विश्वविद्यालयका विद्यार्थी रहेका जुकरबर्गलाई सन् २००३ मा कम्पनी स्थापनाका लागि आफुले १ हजार डलर सहयोग गरेको र जुकरबर्गले भावी कम्पनीमा आफुलाई ५० प्रतिशत शेयर दिने करार सम्झौता गरेको दाबी सेगलियाको छ । उनको कम्प्युटरका साथै हार्वाड विश्वविद्यालयको इमेल आर्काइभको अनुसन्धानका क्रममा सेगलियाले जुकरबर्गसँग सन् २००३ मा भएको वास्तविक सम्झौतालाई परिवर्तन गरेको र जुकरबर्गले फेसबुकको आधा शेयर दिने प्रतिबद्धता जनाएको गलत इमेल तथा करार सम्झौता तयार गरेको पाइएको छ ।

सेगलियाको अनलाइन विज्ञापन देखेर आफुले सफ्टवेयर निर्माण गर्न सहमत भै त्यस अवस्थामा सम्झौतामा हस्ताक्षर गरेको जुकरबर्गले स्विकार गरेका छन् । तर त्यस बेलासम्म आफुले फेसबुक सुरु गर्ने बारेमा कुनैपनि विचार तथा योजना नबनाएको उनको दाबी छ ।
Powered by Blogger.