Header Ads

यसरी फसेका रहेछन् रमेश खरेल !

काठमाडौं । एसएसपी रमेश खरेलले भर्नासम्बन्धी नियमलाई जानीजानी लत्याएको खुलेको छ । भर्नामा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

प्रहरी नियमावलीमा भएको प्रावधानविपरीत प्रहरी जवानको भर्नामा उनले नम्बर दिएपछि लोक सेवा आयोगले अन्तर्वार्ताको परीक्षा नै रद्द गरिदिइसकेको छ । जसकारण प्रहरी जवानको लिखित परीक्ष पास गरेका हजारौं उम्मेदवारहरु मर्कामा परेका छन् ।
लोक सेवा आयोगले बनाएको प्रहरी भर्नासम्बन्धी सिद्दान्तमा अन्र्तवार्ताको पूर्णाङ्क २० नम्बर राखिएको छ । सिद्दान्तले अन्र्तवार्तामा राम्रो गर्नेलाई बढीमा १२ नम्बरसम्म दिन सकिने र नराम्रो गर्नेलाई न्यूनतम ८ नम्बर दिने प्रावधान छ ।

तर, एसएसपी खरेलले १२ भन्दा धेरै नम्बर दिएपछि सिद्दान्तअनुसार नमिलेको भन्दै लोक सेवा आयोगले रद्द गराएको हो । अन्य चार तालिम केन्द्रमा भने सामान्य सिद्दान्तअनुसार नै ८ देखि १२ नम्बर दिइएको थियो । तर चितवन तालिम केन्द्रका कारण अन्यत्रको नतिजा प्रकाशन पनि स्थगित भएको छ ।

नेपाल प्रहरीले करिब २ हजार ८ सय पदमा भर्ना प्रक्रिया अघि बढाएको छ । वैशाखदेखि नै नयाँ जवानहरुलाई तालिम गराउने योजना भएपछि खरेलका कारण भर्ना प्रक्रिया नै महिनादिन पर सर्ने भएको छ ।

 जसकारण उनीसँग आइजीपीसमेत रिसाएका छन् । आजको दृष्टि साप्ताहिकमा खबर छ ।
Powered by Blogger.