Header Ads

मिति: वि.सं.२०७२ साल बैशाख ९ गते । बुधबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

आज मिति 2015-04-22 तारिख, २०७२ साल वैशाख शुल्कपक्ष चतुर्थी तिथि, बैशाख ९ गते बुधवार अनुसार तपाईंको राशी यस प्रकार छ !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
स्थिति अनुकूलै भए पनि काम नबन्ने चिन्ताले अलि सताउनेछ। समयमा निर्णय लिन र फुर्सदको सदुपयोग गर्न नसकिएला। आफ्नै कमजोरीले अवसर फुत्कन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्न सक्छ। विवादमा परिने वा आरोप आइलाग्ने समय छ। तापनि, धैर्य र लगनशीलताले काम बन्नेछन्। विशेष योजना भए गोप्य रहँदै राम्रो हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
पारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
केही मात्रामा खर्च बढ्नेछ। काममा लगानी बढाउने समय छ। शोख परिपूर्ति गर्नमा पनि खर्च बढ्नेछ। तर, आफ्नै प्रयत्नमा नसोचेको काम तत्काल बन्न सक्छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
कामको सन्दर्भमा निकै दौडधुप गर्नुपर्ला। निकै प्रयत्न गरेपछि मात्र उद्देश्य पूरा हुनेछन्। इच्छविपरीत ‘प्रतिष्ठित’हरूको पछि लाग्नुपर्ला। सहयोगको आशा देखाउनेहरूबाटै धोका हुन सक्छ। अधिकार खोज्दा बित्थैको झमेलामा परिने सम्भावना छ। काम रोकिनाले उत्साहमा कमी आउन सक्छ। नयाँ वा विशेष कामका लागि केही समय पर्खनु बुद्धिमानी हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। सहयोगी जुटाउन नसकिएला। चुनौतीपूर्ण कामको दायित्व आइपर्ला। धेरै परिश्रमपछि न्यून सफलता मिल्ने देखिन्छ। आँटेको काम पूरा नहुन सक्छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिने सम्भावना छ, सचेत रहनुहोला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
विभिन्न अवसरले पछ्याउनेछन्। दाम्पत्य जीवन आनन्दमय बन्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने मौका आउला। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। मित्रता र प्रेमको बन्धन कसिनेछ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। मित्रता र प्रेमको बन्धन पनि कसिने बेला छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
टाढाको यात्रा व्यवस्थापनमा खर्च हुनेछ। केही चुनौतीहरू देखिनेछन्। अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला। गरी आएका काम र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। तापनि, मौकाको फाइदा लिन सकिनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। मुद्दा–मामिलामा विजयी भइएला।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । धैर्यले काम लिने समय छ। काममा अवरोध आउन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ने देखिन्छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
सामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
अचानक काम रोकिनाले अप्ठ्यारोमा परिएला। सहयोगको तत्परता देखाउनेहरूले उल्टै फाइदा उठाउनेछन्। घर–सल्लाह नमिल्नाले पनि काममा कठिनाइ देखा पर्नेछन्। मित्रजनबाट समेत टाढिनुपर्ला। आयआर्जनमा कमी आउनेछ। उपहारका नाममा काम नलाग्ने वस्तुमात्र पाइनेछ। विशेष कामका लागि समय पर्खनुहोला। गोपनीयतामा ध्यान दिने समय छ।
© Copyright : baralguru, All Rights Reserved.
Powered by Blogger.