Header Ads

पानी दिने कोही भएनन्गा - उँ ने थला पर्‍यो, ११ को मृत्यु, नौ सय बिरामी

सुर्खेत/मुगु । जाजरकोटमा पहिचान हुन नसकेको रोगबाट गाउँ नै थला परेपछि बिरामीको बिजोग भएको छ। रोग फैलिएका पाँच गाविसमध्ये बढी पैंक प्रभावित भएको छ। पैंकमा तीन सयजनाभन्दा बढी बिरामी भएको जनता उच्चमाविका प्राचार्य तुल्सीदास चौधरीले जानकारी दिए। गाविसका अधिकांश घरका सबै सदस्य थला परे उनीहरूलाई पानी दिने मानिस पाउन र उपचारका लागि अस्पतालसम्म पुर्‍याउन कठिन भएको छ।

जिल्ला प्रशासन कार्यालयले औषधिसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइसकेको जनाए पनि शनिबार साँझसम्म टोली गाउँमा पुग्न नसकेको स्थानीयले बताएका छन्। जिल्लाका दुर्गम गाविस पैंक, अर्छानी, सक्ला, नायकबाडा र पजारु मा पहिचान हुन नसकेको रोग फैलिएको छ। दुई साताअघिदेखि फैलिएको यस रोगबाट शनिबारसम्म ११ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ। कार्यालयका अनुसार नौ सयभन्दा बढी बिरामी उपचारका लागि सम्पर्कमा आएका छन्।

 बिरामीमा टाउको दुख्ने, सास फेर्न कठिन हुने, हातखुट्टा झमझमाउने र रुघाखोकीको लक्षण देखिएका छन्। रोगले महामारीको रूप लिन थालेपछि स्वाइन फ्लुको शंका गरिएको छ। सामान्य उपचार गर्दासमेत नियन्त्रणमा नआएपछि स्वाइन फ्लुको शंका गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख धीरजंग शाहले भने, 'रोग के हो भन्नेबारेमा पत्ता लागेको छैन।

 स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर नौ सयजनाभन्दा बढी बिरामीको सामान्य उपचार गरेका छन्। सम्पर्कमा नआएका अरू पनि बिरामी हुन सक्छन्।' स्थानीय बासिन्दाले भने दुई हजारभन्दा बढी बिरामी भएको बताएका छन्। शाहले रोग पहिचानका लागि नमुना काठमाडौं पठाइने बताए। प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले प्रभावित क्षेत्रमा क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेत र जिल्ला स्वास्थ्य कार्यालयबाट छुट्टाछुट्टै स्वास्थ्यकर्मीको टोली पठाइएको बताए। उनले भने, 'अहिले जिल्लाका पाँच गाविस बढी प्रभावित देखिएका छन्। ती गाविसमा बिरामी नभएको कुनै घर छैन।

सबै घरमा बिरामी छन्। हामीले रोग नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेका छौं।' रोगले महामारीको रूप लिन थालेपछि स्वास्थ्यमन्त्री खगराज अधिकारी र स्वास्थ्यकर्मीको टोली औषधिसहित आइतबार जाजरकोट आउँदैछ। रोगबाट पैंकका वीरबहादुर रोकाय, खम्बबहादुर नेपाली, कल्दरी रोकाय, धनबहादुर रोकाय, जयसरी रोकाय, तिलकबहादुर गिरी, लक्ष्मी रोकाय र जयरूपा उपाध्याय, अर्छानीका सुस्मिता जैसी र परिचय खुल्न नसकेका अर्का एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

कल्दरा शाहीको पनि ज्यान गएको छ। स्वास्थ्यमन्त्री अधिकारीले अवस्था संवेदनशील रहेको बताए। उनले भने, 'म रहरले हेलिकोप्टर चढेर जाजरकोट जान लागेको होइन। संवेदनशील अवस्थामा उपचारका लागि चिकित्सक र औषधि लिएर जान लागेको हुँ।समाचार अन्नपूर्ण पोस्टमा छ।
Powered by Blogger.