Header Ads

मलेसिया जेलमा नेपालीलाई नांगै यातना

मलेसिया । मलेसियामा पक्राउ परेका नेपालीहरुलाई त्यहाँका जेल तथा घरफिर्ती केन्द्रमा नांगै यातना बनाई बेइज्जतीपूर्ण यातना दिने गरिएको खुलेको छ ।

अवैध तरिकाले मलेसिया बस्दै आएका नेपालीलाई पक्राउ गरी त्यहाँका प्रहरी र जेल अधिकारीले अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकारविपरित यस्तो यातना दिने गरेका हुन् ।

 मलेसियाका विभिन्न जेल तथा घरफिर्ती केन्दै हुँदै स्वदेश फर्केका नेपालीका अनुसार उनीहरुलाई नांगै पारेर, नृत्य कसरत, पिचनमा लडीबुडी, घुँडा र कुहिनाले टेकी हिँडन, उठबस गराई बेइज्जतीपूर्ण यातना दिने गरिन्छ । प्रहरी र जेलअधिकारी यसबाट मनोरञ्जन लिने गर्छन ।

एक महिना अघि नेपाल आएका स्याङ्जा आएका स्याङ्जा निबुवाखर्क–६ का कृष्ण न्यौपानेले भने, ‘मलाई जेलमा चारपटक र क्याम्पमा दुइपटक नांगै बनाई यातना दिए ।

नांगै बनाएपछि कान समातेर हिँड्न लगाउँथे । नांगो हुन नमाने हातखुट्टा भाँचिने गरी कुट्थे ।’ नागरिक दैनिकबाट
Powered by Blogger.