बाबुराम भट्टराईकी पत्नी हिसिलाले झुण्डिने कसम खाइन
चितवन । ‘तपाईंहरुको पछि लागेर हामी कार्यकर्ताको हरिविजोग भएको छ । प्रचण्डको बलियो पकड रहेको चितवनमा तपाईंहरुको पक्षमा लागेका कारण चैते माओवादी ईश्वरी भट्टराईलाई पुराना नेता तथा कार्यकर्तालाई शासन गर्न राखिएको छ ।
एशियाकै सबैभन्दा भ्रष्ट महिला भनेर वदनाम तपाईंलाई अब किन थप भ्रष्ट हुन सहयोग गर्ने ?’ बाबुराम भट्टराईकी पत्नी तथा एमाओवादीकी नेतृ हिसिला यमीसँग चितवनका आफ्नै विचार समूहका कार्यकर्ताहरुले यसरी आक्रोस पोखे ।
हिसिलाले अपेक्षा गरेभन्दा आफ्नो समूहका कार्यकर्ताहरुको उल्टो कुरा आएपछि हिसिला निकै रिसाइन र भनिन– ‘पार्टीमा यो विषयमा छानविनको माग गरौं । सात वर्षयता सबै पोलिटब्युरो सदस्यको हैसियत र मेरो हैसियत छानविन गरौं । मेरो अतिरिक्त रकम कुनै पनि पीबीको भन्दा बढी देखियो भने फासीमा लट्किन तयार छु ।’
उनलाई वदनाम गरेर बाबुरामको राजनीतिलाई सिध्याउने षडयन्त्र रचेको उनलाई लागेको रहेछ । उनले प्रचण्डतिर संकेत गर्दै भनिन– ‘कुनै निकट व्यापारी भन्ने कि माफिया भन्नेको आफन्तका नाममा आर्थिक कारोवार गर्ने, तिनको आफन्तको नाममा घर किनेर बस्ने अनि बाबुराम र मलाई वदनाम गराउने रु ठीकै छ यो कुरा पार्टीले नसकेमा राज्यको निकाय अख्तियार लगाएर छानविन गरे पनि भइगयो नि ।’
उनले प्रचण्डसँग विचार नभएको तर जालझेल गरेर, लोभीपापीलाई किनेर र षडयन्त्रको भरमा संगठन कब्जा गरेर नेता बनिरहेकाले संगठनमा विशेष जोड दिएर प्रचण्डलाई पछार्नुपर्ने उनको मत थियो । उनले बाबुरामलाई प्रचण्डले अध्यक्ष दिनेमा कुनै आशावादी नभएको बताउँदै ‘अध्यक्ष छाडेको भोलिपल्ट प्रचण्डसँग के रहन्छ र छाड्छन ?’ समानान्तर ढंगले गतिविधि गरिरहन उनले कार्यकर्तालाई अ¥हाएको बाबुराम निकट चितवनका एक जिल्ला नेताले बताए ।
हिसिलाको सफाइलाई बाबुराम खेमाका अधिकांश कार्यकर्ताहरुले नपत्याएको बताउँदै ती नेताले भने– हिसिला यमीले राजनीति छाडेर र उनको परिवारलाई राज्यको सेवासुविधामा नलग्ने प्रतिबद्धता गर्ने हो भने बाबुरामको पछि कार्यकर्ता अझै बस्लान हिसिला यमीलाई अगाडि सारेर राजनीति गरिरहने हो भने बाबुरामलाई पनि किञ्चित सहयोग गर्ने अवस्था छैन ।