Header Ads

ग्राहकको स्वागतमा विचित्रको रोबोट रिसेप्शनिस्ट - फोटोफिचरसहित

robot-receptionist55 एजेन्सी । उनी मुस्कुराउँन सक्छिन् र टोक्योको नजिक आफ्नो पसलमा ग्राहकलाई स्वागत गर्दै उनी थाक्दिनन् पनि । यो एउटा रोबोट रिसेप्शनिस्ट हो । जसले सोमबारबाट आफ्नो काम गर्न सुरु गरेको छ। जापानको सबैभन्दा पुरानो डिपार्टमेन्टल स्टोर मित्सुकोशीमा यो रोबोट रिसेप्शनिस्टले जापानी भाषामा ग्राहलाई अभिवादनसहित स्वागत गर्दै भन्छिन्–मेरो नाम सिसिरा आइको हो, तपाईलाई कस्तो छ ? उनी पहिला नै रेकर्ड गरिएको शब्दा दोहोराउँछिन् । र, ग्राहकहरुले सोधेको प्रश्नको जवाफ भन्ने दिन्नन् । यो एन्ड्रोयडमा आधारित छ । यसको छाला जीवन्त देखिन्छ । हावभाव स्वभाविक देखिनछ । यसलाई तोशिबाले विकसित गरेको हो । यसको अनावरण जापानमा भएको एउटा प्राविधिक मेलाका क्रममा गत वर्ष गरिएको थियो। तोशिबाका प्रमुख विशेषज्ञ हितोशी तोकुदा भन्छन्–हाम्रो उद्देश्य यस्तो रोबोट बनाउनु हो, जसले मानिस जस्तौ हर्कत गर्न सकोस् । उनले भने–मिस्सुकोशीमा ग्राहकसेवा निकै शानदार छ। यहाँ एक मानव मेशिनले पाइरहेको रेस्पोन्स हेर्नु शानदार अवसर हुनेछ। सिसिरा आइको मंगलबारसम्म मात्रै उक्त स्टोरमा ग्राहकलाई अभिवादन गर्ने छिन् । त्यसपछि गोल्डन विक होलिडेका क्रममा यसलाई निरन्तर विज्ञापन कार्यक्रममा प्रयोग गरिनेछ। robot-receptionist1 robot-receptionist2 robot-receptionist3 robot-receptionist4 robot-receptionist त्यसो त जापानको यो पहिलो मानव मेसिन भने होइन जसले ग्राहक सेवाका लागि प्रयोग गरिएको छ। रोलर्समा प्लास्टिक शरीर भएको चार फुटको पिपरलाई कफी मेशिन मोबाइल फोनका लागि पहिलाबाटै प्रयोग गरिँदै आएको छ। -एजेन्सीको सहयोग
Powered by Blogger.