Header Ads

मन्दिर घुमेर साइत जुरेपछि पारस निर्मल निवास जाने

काठमाडौं, चैत २३ । चार वर्ष थाइल्याण्ड बसाएपछि नेपाल फर्केका पूर्वयुवराज पारस शाहको आज सोबार राजधानीको ५ वटा धार्मिक स्थलमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।

धर्मकर्ममा बढी विश्वास गर्ने पूर्वयुवराज पारस मठमन्दिर घुमेर साइत जुरेपछि निर्मल निवास प्रवेश गर्ने मुडमा छन् । उच्च स्रोतका अनुसार केही दिनदेखि चण्डोलस्थित कुण्डलिनी क्लवमा बस्दै आएका उनी केही सातापछि निर्मल निवास सर्ने कार्यक्रम रहेको छ ।

 शक्ति पीठ र मठमन्दिर दर्शन गर्न लागेका पारसले बिहान साढे ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म दर्शन गर्ने कार्यक्रम छ । पहिले दर्शन गुहयश्वरी र त्यसपछि पशुपति दर्शन गर्ने कार्यक्रम छ । उनले आजै गुहयश्वरी, पशुपति, संकटा, तलेजु र मखन महादेवको पूजा गर्देछन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
Powered by Blogger.